अर्घाखाँचीमा कोरोनाका कारण लगाईएका सम्पूर्ण प्रतिबन्ध हटाईयो: भोलि देखि सम्पूर्ण क्रियाकलापहरु संचालन गर्न पाईने

| २०७८ फागुन २२ गते १७: ०० मा प्रकाशित

कमला थापा ,सन्धिखर्क।
फाल्गुन २२ -  अर्घाखाँचीमा कोभिड - १९ को संक्रमण रोकथाम र नियन्त्रण का लागि लगाईएको सम्पूर्ण प्रतिबन्ध पूर्ण रुपमा हटाईएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सुचना जारि गर्दै जानकारी दिएको  छ।  

प्रतिबन्ध  हटे संगै अर्घाखाँची जिल्ला भर भोलि देखि प्रचलित कानुन बमोजिमका राजनैतिक ,आर्थिक ,सामाजिक ,शैक्षिक ,व्यवसायिक ,मनोरन्जात्मक खेलकुद लगायतका सम्पूर्ण क्रियाकलापहरु संचालन गर्न पाईने भएको छ। 

साथै यस्ता क्रियाकलापहरु संचालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गरु संचालन गर्न जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अनुरोध गरेको  छ। 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको सुचना 

 

प्रतिक्रिया दिनुहोस्