जनताको सरोकारका विषयमा किन मौन छ राजनीति ?

| २०७८ फागुन २३ गते १८: १९ मा प्रकाशित

गुरुदेव खनाल। अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका अन्तर्गत पर्ने सुपादेउराली नरपानी खाचिकोट तिनपाने चुनढुङ्गा उत्खनन सम्बन्धमा कहिले सम्म राजनीतिक चुप्पी! यतिबेला चुनावी माहोलले राजनीति मौसम निकै ताती रहेको छ । राजनीतिक दलहरू एक-अर्काका कमजोरी,गल्ती खोज्दै आफ्नो पक्षमा माहोल बनाउन आश्वासनको भ्रम देखाउदै जनतालाई बलिको बाख्रो बनाई रहेका छन। तर जिल्लाको यति संबेदनसिल र यति महत्त्वपूर्ण स्थानमा यसरी भएको चरम प्राकृतिक दोहन र आम-सर्बसाधारणको जीवन तहस- नहस र जिबिकापार्जन समेत प्रभाव र यो क्षेत्रको सुनौलो उदयमान पर्यटनलाई प्रत्यक्ष प्रभाव पार्ने गरि भएको यो उत्खनन विषयमा केही राजनीतिद्ल बाहेक लगभग सबै राजनीति दल मौन छन। 

सबै राजनीति दलले आफुलाई समाजवादी,पुजिवाद र सार्बभौमसत्ता जनताका पक्षमा सधै लड्ने भन्दै ठुला- ठुला आवाज,चर्का भाषण र कपोकल्पित भ्रम छाड्दै जनतालाई मख्ख पार्दै दलाल सङ्गको सेटिङ्गमा जिल्ला र जनतालाई निर्बाध रूपमा लुट्दै छन।

यसरी झुट, भ्रम छर्दै कहिलेसम्म दलाल र पुजीवादीका मतियार बन्दछन। अर्घाखाँचीका राजनीति दलहरु गणतन्त्र र लोकतन्त्रको दुहाई दिनेहरू यसरी दोहन र जनताको मौलिक हक हननमा किन यो तानाशाह प्रवृत्ति । 

केही राजनीति दलहरूले बेला- बेलामा बन्द गर्ने भन्दै आवाज उठाए पनि त्यो आवाजलाई कुनै अदृश्य वस्तुसङ्ग सौदा गरी आफ्नो स्वार्थ पुर्ती गर्दै आएका घटनाहरु पनि घटेका छन ।राजनीतिमा कुकुर- बिरालो गर्ने राजनीति दलहरु स्वार्थ र जनताको हितको कुरामा तै चुप मै चुप गरेका छन। अवसरवादी नीति बोकेका राजनीति दल मौका र परिस्थिति बाहेक अन्य विषयमा, जनताका विषय र मुद्दासङ्ग आफ्नो दुरि टाढा बनाउछ्न। स्थानीय केही राजनितीहरु राष्ट्रिय मुद्दामा बडो देशभक्ति देखाउन, आन्दोलन गर्ने क्रान्तिकारी भन्ने त स्थानीय मुद्दामा भने कटौरा थाप्ने र थाहा भए पनि थाहा नभए जस्तो गर्ने दोहोरो चरीत्र देखाउने गरेका छन। कुनैपनि देशको उन्नतिको लागि सबैभन्दा पहिला त्यो समाजको उत्थान र उन्नति होस।

अत यहि भावनालाई र जनताको सरोकार र सार्बजनिक विषयको मुद्दालाई यस अर्घाखाँचीको निष्पक्ष खरो र आम जनताको विश्वसनीय न्युज मिडिया अर्घाखाँची बुलेटिनले जिल्लाका सबै राजनीति दलसङ्ग यस चुनढुङ्गा उत्खनन सबन्धमा धारणा माग गरेको छ। हामिले राजनीतिक दल जनताका मुद्दाबाट भाग्न हुदैन जिम्मेवार बन्नु पर्छ ।  खबरदारी र जवाफदेही स्वरुप हामी यस अभियानमा छौं । हामी सबै सार्बजनिक गर्ने छौ। यस अभियान सम्पूर्ण अर्घाखाँचीबासीको साथ र समर्थनका लागि अर्घाखाँची बुलेटिन आशा गर्दछ। आ- आफ्नो धारणा राख्नका निमित्त हामीले माग गरेको प्रत्येक राजनीतिक दललाई पठाएको पत्र निम्नानुसार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्