अर्घाखाँचीमा हुने राष्ट्रिय स्तरको रोडरेस प्रतियोगिता चैत ११ र १२ मा हुने

| २०७८ फागुन २६ गते १४: ०० मा प्रकाशित

अर्घाखाँची । स्पोर्ट्स भ्वाइसकाे आयोजना हुने प्रथम अर्घाखाँचीमा हुने राष्ट्रिय स्तरको रोडरेस प्रतियोगिता चैत ११ र १२ गते हुनेभएको छ।  

बुधबार स्पोर्ट्स भ्वाइसका अध्यक्ष पृथ्वी थापाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा फागुन २७ र २८ गते गर्ने भनेको प्रतियोगिता थप आवश्यक तयारी गर्नुपर्ने भएकोले चैत ११ र १२ गते संचालन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

 ‘अब दौडिन्छ अर्घाखाँची’ भन्ने मुलनाराका साथ प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस २०७८ हुने सन्धिखर्कमा पत्रकार सम्मेलन आयोजकले जनाएको छ । प्रथम राष्ट्रिय अर्घाखाँची रोड रेस प्रतियोगितामा बच्चा देखि युवा र युवा देखि वृद्व सम्मले भाग लिन पाउने स्पोट्स भ्वाइसका अध्यक्ष पृथ्वी थापाले बताए । उनले खुल्ला दौड महिला पुरुष ५ किलोमिटर, भेन्ट्रान्स ४० वर्ष माथिका पुरुष ५ किलोमिटर, स्कुल जाने उमेर समुहको लागि ५० मिटर, १०० मिटर, १५० मिटर, २०० मिटर र ३०० मिटर दौड हुने जानकारी दिए । 

सँगै जुम्बा डान्स सहित नेपाली मौलिक संस्कृतिलाई झल्काउने पञ्चेबाजाको प्रस्तुति समेत हुने उनको भनाइ छ । प्रतियोगितामा १००० खेलाडीहरुको सहभागीता हुने गरि व्यवस्था मिलाइएको समेत अध्यक्ष थापाले जानकारी दिए । सहभागी खेलाडीलाई अब दौडिन्छ अर्घाखाँची भन्ने नारा सहितको ड्रेस, प्रमाणपत्र र विजेता खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक स्पोट्स भ्वाइसले जनाएको छ ।

खेल सम्पन्न गर्नको लागि नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी, म्याराथन किर्तिमानी धावक बैकुण्ठ मानन्धर, मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ लगायतको उपस्थिति रहने छ । ‘विश्वमा आयोजना हुने विविध खेलहरु मध्ये रोड रेस पनि एक महत्त्वपूर्ण खेल हो । बर्लिन देशले वर्षको एकपटक स्वास्थ्यका लागि खेलकुद भनि १० औं लाख मानिसहरु सडकमा हिडाउने र दौडाउने गर्दछ । जुन देश आज म्याराथनका नामले परिचित छ । यस प्रकारका खेलहरु विश्वका अन्य देशले पनि संचालन गरि आफ्नो देशलाई संसारभर परिचित गराउनुका साथै नागरिककालाइ स्वस्थ राख्न प्रयत्न गरिरहेका हुन्छन् । हाम्रो देशमा आयोजना हुने खेलहरुमध्ये गोरखमा हुने लिगलिग दौडले ठुलो महत्त्व राखेको छ । यसरी संसारमाझ हाम्रो देशलाइ पनि परिचित गराउनको लागि यो खेलको आयोजना गरिएको हो’ विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख ५० हजार अनुमानित खर्च हुनेछ । अर्घाखाँची जिल्लाको पहिचान र खेल तथा पर्यटन विकासको निम्ति जिल्लाका ६ वटै स्थानीय तह, सम्पुर्ण संघ संस्थाहरु र खेलप्रेमीको सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्