जनताको आसा र भरोसा एमालेमा मात्र छ: रायमाझी

| २०७८ फागुन २६ गते २२: ५१ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची। 
फागुन २६- नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले स्थानीय  चुनावको तयारीमा जुट्न  कार्यकर्तालाई  अग्रह गर्नुभएको छ ।

नेकपा एमाले  सन्धिखर्क नगर कमिटी द्वारा सन्धिखर्कमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले विकास ,समृद्धि र सुशासनको निम्ति  नेकपा एमालेको बिकल्प नभएको भन्दै  चुनाव केन्द्रित अभियान संचालन गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । जनताको आसा र भरोसा अहिले केबल नेकपा एमालेमा मात्रै भएको बताउँदै उहाँले घरघरमा गएर चुनावी माहोल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यस पटकपटकको चुनावमा नेकपा एमालेले अर्घाखाँची 
जिल्लाका सबै पालिका र कम्तीमा ५० वटा वडामा विजय हासिल गर्ने उहाँको दावी थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले  प्रचण्ड र माधव नेपालमा राजनीतिक बिचलन आएको भन्दै उनिहरु प्रतिक्रियावादीको गोटी भएको आरोप लगाउनु भयो । उनिहरुमा भएको द्वयत चरित्र र प्रतिक्रियावादी सोंचका कारण अहिले  मुलुक गम्भीर संकटमा फसेको बताउँदै खड्काले  मुलुकमा देखिएका हरेक खाले समस्याको समाधान नेकपा एमाले बाट मात्र संभव भएको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले आफुहरु  जनप्रतिनिधि भएपछि जिल्लाको बिकासमा आमुल परिवर्तन भएको बताउँदै जनचाहना अनुसार जिल्लामा बिकासको कामले गति लिएको  दावी गर्नुभयो । उहाँले नेकपा एमालेको सरकारले छुट्टयाएको बजेट काटेर गठबन्धन सरकारले जनताप्रति घात गरेको आरोप लगाउनु भयो ।

नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरे ,लक्ष्मण रायमाझी र जिल्ला अध्यक्ष पीताम्बर भुसालले वर्तमान परमादेश सरकार   रहुन्जेल सम्म मुलुकमा बिकासले गतिलिन नसक्ने बताउनुभयो । उहाँहरुले सरकारले कालाबजारी ,महंङ्गी,ढिलासुस्ती रोक्न नसकेको आरोप समेत  लगाउनु भयो । 

नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता,उपाध्यक्ष शिव अधिकारीको स्वागत मन्तव्य र सचिव कुसल भुसालको संचालनमा 
सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य जनार्दन खनाल ,केवी भुसाल ,जाल्पा भुसाल ,जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेल ,सचिव तोजवहादुर रायमाझी ,उपसचिव द्वय शम्भु प्रसाद पोख्रेल ,भिम के.सी.लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा करीब ५ सय कार्यकर्ताको उपस्थिति रहेको एमाले प्रचार विभाग प्रमुख शोभाकर पन्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्