अर्घाखाँचीमा सबै निर्वाचनमा गठबन्धन गर्ने ५ दलिय सहमति

| २०७८ फागुन ३० गते १६: २० मा प्रकाशित

प्रेमनारायण आचार्य। संयुक्त ५ दलिय मोर्च द्वारा अर्घाखाँचीमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । ५ दलित संयुक्त गठबन्धन मोर्चाले अर्घाखाँची मा संयुक्त पत्रकार सम्मेलन गरेको छ ।

मोर्चाले आसन्न स्थानीय निर्वाचन संघ प्रदेश तथा जिल्ला का विभिन्न संघ संस्था हरुमा पनि गठबन्धन गर्ने जानकारी गराइएको थियो ।सोमबार नेपाली काङ्ग्रेस को पार्टी कार्यालयमा बसेको शीर्ष नेता हरुको बैठक ले यस्तो निर्णय गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।

संयुक्त पत्रकार सम्मेलन मा नेपाली काङ्ग्रेस का जिल्ला सभापति केशव श्रेष्ठ , माओबादी केन्द्र कि प्रदेश समिति सदस्य छम कुमारी खनाल , रास्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य शेर बहादुर बिसि नेकपा ( एस ) का जिल्ला अध्यक्ष राम बहादुर चौहान र जसपा का जिल्ला अध्यक्ष जिन्दग खड्का लगायतले मन्तब्य राख्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्