व्याक गियर सहितको माेटरसाइकल बनाउने सन्धिखर्कका सागर सम्मानित

| २०७८ फागुन ३० गते २१: १९ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
 ३० फागुन - ब्याक गियर सहितको माेटरसाइकल बनाउने सन्धिखर्क १ का युवा विद्यार्थीलाई सागर पाेख्रेललाई  सन्धिखर्क नगरपालिकाले २५ हजार रुपैयाँ सहित सम्मान गरेको छ। 

आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न हाैसला मिलाेस भन्ने उदेश्यले २५ हजार रुपैयाँ नगद सहित अबिर र खादा लगाएर सम्मान गरिएको  सन्धिखर्क नगरपालिकाका  नगर प्रमुख कमल प्रसाद भुसालले  बताउनुभयो । 

नगर प्रमुख कमल प्रसाद भुसाल र प्रमुख  प्रशासकीय अधिकृत नारायण अर्यालले एक कार्यक्रमका बिच सम्मान गर्नु भएको हाे ।कार्यक्रम नारायण पाेख्रेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्