अर्घाखाँचीमा एमालेको जित सुनिश्चित भए पछि गठबनधन अत्तालियो:उज्ज्वल

| २०७८ चैत १ गते १८: ०० मा प्रकाशित

श्याम घिमिरे, अर्घाखाँची। 
चैत्र १-   नेकपा एमाले अर्घाखाँची जिल्ला पार्टी कार्यालयको बिस्तारित बैठक साेमवार सम्मन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले नेकपा एमालेको जित सुनिश्चित भएपछि ५ दलिय गठबन्धन अत्तालिएको बताउनुभयो । उहाँले गठबन्धनको नाममा मुलुकलाई अस्थिरता तर्फ धकेल्ने षड्यन्त्र भैरहेको भन्दै नेपाली जनताले बिकास विरोधी दललाई निर्वाचनमा ठेगान लगाउने बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले महा गठबन्धन लाई परास्त गर्न नेकपा एमाले एक्लै काफि रहेको दावी गर्नुभयो । उहाँले जतिसुकै दलहरु मिलेपनि नेकपा एमालेलाई हराउन सक्ने सामर्थ्य कसैमा नभएको भन्दै उच्च मनोबलका साथ पार्टी काममा लाग्न कार्यकर्तालाई अग्रह गर्नुभयो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता ,उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचिव त‍ोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्रीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका सबै पालिका कमिटीका अध्यक्ष हरुले रिपोर्टिङ गर्नुभएको एमाले प्रचार बिभाग प्रमुख शोभाकर पन्थीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्