अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा कँडेल

| २०७८ चैत १ गते २२: ०० मा प्रकाशित

शोभाखर पन्थी, अर्घाखाँची ।नयाँ नेतृत्वको चयन गर्दै अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको ८ औं  जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले लक्ष्मण कँडेलको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । 

नवगठित कमिटीको उपाध्यक्षमा तुल्सी रायमाझी ,सचिव खिमानन्द खनाल ,सहसचिव दिपक नेपाली ,मधु खनाल र कोषाध्यक्षमा रामप्रसाद खनाल रहनु भएको छ ।

यस अघि अधिवेशनको उद्घाटन गर्दैन अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दङ्गालले किसानका समस्या प्रति राज्य उदासीन भएको बताउनुभयो ।  मुलुकमा गणतन्त्रको स्थापना भएपनि कृषकका समस्या जस्ताको तस्तै रहेको भन्दै उहाँले किसानको पक्षमा उभिने पार्टी नेकपा एमाले मात्रै भएको दावी गर्नु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल र चेतनारायण आचार्यले नेकपा एमालेको पक्षमा जनमत निर्माण गर्न   अग्रह गर्नुभयो । नेकपा एमालेको सरकार बिना वर्गीय मुक्ति संभव नभएको भन्दै उहाँहरुले आसन्न निर्वाचनमा एमाले लाई जनताले विजयी गराउनुपर्ने बताउनुभयो ।

अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष लक्ष्मण कँडेलको अध्यक्षता ,उपाध्यक्ष तुल्सी रायमाझीको स्वागत मन्तव्य र सचिव  ठाकुर प्रसाद खनालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार  परिषद् सदस्य लक्ष्मण रायमाझी , नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसाल ,लुम्बिनी प्रदेश कमिटीका  सदस्य जनार्दन खनाल ,जाल्पा भुसाल ,अखिल नेपाल किसान महासंघ केन्द्रीय कार्यालय सचिव सरिता भुसाल ,नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा किसान महासंघका जिल्ला इन्चार्ज रामबहादुर रायमाझी ,एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा जिल्ला भरिका करीब  ४ सय अगुवा कृषकहरूको सहभागीता रहेको नेकपा एमालेका जिल्ला प्रचार विभाग प्रमुख शोभाकर पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्