नेपाल प्रहरीको ४८८ जना प्रवनानि पदमा वढुवा ,अर्घाखाँचीका खरेल पनि परे सिफारिसमा

| २०७८ चैत १४ गते १५: ०० मा प्रकाशित

अर्घाखाँची। कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा आइतबार ४८८ जनालाई बढुवा सिफारिस गरेको छ ।

यसअघि तेस्रो सूचीमा शनिवार ३२२ जनाको बढुवा सिफारिस भएको थियो । बढुवा सिफारिस हुनेहरु २०७० र २०७१ मा प्रहरी सेवामा भर्ना भएकाहरु हुन् ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये दोस्रो सूचीमा शुक्रबार १७० जनाको बढुवा सिफारिस भएको थियो । यसअघि बिहीवार मात्रै १९१ जनाको बढुवा सिफारिस भएको थियो ।

सो बढुवा सुचिमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीमा कार्यरत प्रहरी नायव निरीक्षक सुमन खरेल पनि परेका छन।

प्रतिक्रिया दिनुहोस्