अर्घाखाँचीसहित चार जिल्लामा फेरिए प्रजिअ

| २०७८ चैत १७ गते १४: ३५ मा प्रकाशित

अर्घाखाँची। चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।बर्दियामा बन्धुप्रसाद बास्तोला, प्युठानमा सुनिता नेपाल र अर्घाखाँचीमा शशिधर घिमिरेलाई प्रजिअको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

कपिलवस्तुमा धर्मेन्द्रकुमार मिश्रलाई प्रजिअको जिम्मेवारी दिइएको छ । बर्दियामा कार्यरत सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पति व्यवस्थापन विभागमा सरुवा गरिएको छ । कपिलवस्तुमा कार्यरत चक्रपाणि पाण्डे र प्युठानमा कार्यरत खिमराज भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । अर्घाखाँचीमा हरि प्रसाद घिमिरे कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्