अर्घाखाँची देखि काठमाडौं जानको लागि बस भाडा ९८८ बाट बढेर १०८७ रूपैयाँ पुग्यो

| २०७८ चैत २० गते १८: ०० मा प्रकाशित

कमला,घिमिरे,अर्घाखाँची। सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको हो ।

पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ । यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको।

भाडा १० प्रतिशतले बढेयो 

भाडा बढे संगै अर्घाखाँची देखि काठमाडौं जानको लागि बस भाडा ९८८ बाट बढेर १०८७ रूपैयाँ लाग्ने छ। 

प्रतिक्रिया दिनुहोस्