भारतमा चाट भण्डारमा आगलागी हुँदा अर्घाखाँचीका १४ वर्षीय किशोरको मृ'त्यु

| २०७८ चैत ३० गते ०५: १७ मा प्रकाशित

अर्घाखाँची। भारतमा आगलागीमा परेर एक १४ वर्षीय बालकको मृ'त्यु भएको छ ।

मंगलबार बिहान भारतको हिसारस्थित राजगुरु मार्केटको राम चाट भण्डारमा आगलागी हुँदा छत्रदेव गाउँपालिका ३ साजबोट अर्घाखाँचीका हिम बहादुर मुखियाका १४ वर्षे छोरा भिम बहादुर मुखियाको घटनास्थलमै मृ'त्यु भएको छ। उनि भाग्न नसक्दा उनको त्यहि ज्यान गएको बताइएको छ । उक्त चाट भण्डारमा कामगर्ने अन्य ९ जना नेपालीले भने भागेर ज्यान बचाएका थिए ।

घटनालगत्तै घटनास्थलमा पुगेको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, प्रवासी नेपाली संघ भारत र जनसम्पर्क समिति भारतका नेता तथा कार्यकर्ता त्यहाँ पुगेर चाट भण्डारका मालिकसँग छलफल गरेका थिए ।

उक्त छलफलपछि मृतक बालकका परिवारलाई ८ लाख क्षतिपूर्ति दिलाएर बालकको दाहसंस्कार गर्ने निर्णय गरिएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर कमिटीका सचिव तारा सोमरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्