अर्घाखाँचीमा स्थानीय तहमा गठबन्धनबारे कुनै दल संग छलफल भएको छैन्: एमाले

| २०७९ बैशाख ६ गते १७: २४ मा प्रकाशित

गणेश खनाल।अर्घाखाँचीमा स्थानीय तहमा गठबन्धन गर्ने विषयमा कुनै दलसंग छलफल नभएको एमाले अर्घाखाँचीले जनाएको छ । केहि सञ्चार माध्यमले केहि राजनितीक दलसंग गठबन्धन हुने र स्थानीय तह समेत वाडफाड भएको भनि समाचार आएकोमा त्यस्तो कुनै सहमति छलफल नभएको एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसासलले बताउनुभयो ।

पार्टीको तर्फबाट हालसम्म कुनै दलसंग सहकार्यको लागि छलफल नभएकाले भ्रममा नपर्न सबैलाई एमाले अर्घाखाँचीले आग्रह गरेको छ । ६ स्थानीय तह र ६१ वडामै एमालले एक्लैले जित्ने गरि तयारी भईरहेको भुसालको भनाई रहेको छ । विगत केहि दिन देखी बुटवलमा रहनुभएका एमाले केन्द्रिय सदस्य तथा जिल्ला सहईन्चार्ज चेतनारायण आचार्यले पार्टीका तर्फबाट कुनै दलसंग तालमेलबारे छलफल नभएको स्पष्ट पार्नुभभएको छ ।

प्रतिक्रिया दिनुहोस्