अर्घाखाँचीका म्यादी प्रहरीहरुलाई प्रशिक्षण

| २०७९ बैशाख ७ गते १५: ५६ मा प्रकाशित

अर्घाखाँची। आज जिल्ला ट्राफिक प्रहरी कार्यालय,अर्घाखाँचीले सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ म्यादी प्रहरीहरुलाई प्रशिक्षण दिएको छ। 

अर्घाखाँची जिल्ला अन्तर्गत रहेका म्यादी प्रहरीहरुलाई सवारी चलाउँदा पालना गर्नु पर्ने ट्राफिक नियम, सवारी  दर्घटनाका कारण ,दुर्घटना बाट बच्ने उपाय , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु लगायत बिभिन्न ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएको हो। 

कार्यालयका कार्यालय प्रमुखले म्यादी प्रहरीहरुलाई प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया दिनुहोस्