नेकपा एस अर्घाखाँची “खसे आँप नखसे झटारो “

| २०७९ बैशाख ७ गते २२: ४० मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।नेकपा (एस)अर्घाखाँची गठबन्धन भित्र “खसे आँप नखसे झटारो “को अवस्थामा पुगेको छ ।

नेकपा (एस)अर्घाखाँचीले बिहीबार जिल्लाका सबै स्थानिय तहमा उम्मेदवारहरूको टुगो लगाउने निर्णय लिएर “खसे आँप नखसे झटारो ” को अवस्थामा देखापरेको हो ।

अर्घाखाँचीमा गठबंधनको आज छ दिन बितिसक्दा पनि बैठक निर्णय बिना टुङिएको छ । गठबन्धनको सहकार्य क्षीण हुँदै गइरहेकोले बिहीबार जिल्ला कमिटी सचिवालयको आकास्मिक बैठक बसी जिल्लाका सबै पालिका तथा वडाहरुमा पार्टीको तर्फबाट उम्मेदवार टुगो लगाउने नेकपा एस अर्घाखाँचीले विज्ञप्ति मार्फत जनाएको छ ।

अर्घाखाँचीमा पाँच दलिय गठबन्धनको सहमती जुटन नसक्दा सत्ता गठबन्धनमा रहेका दलहरुले आफ्नो पार्टीको तर्फबाट सक्दो बलप्रयोग गरि उम्मेदवारहरु चयन गरेर घोषणा गरेका हुन । उता गठबंधन भित्र नेकपा एसको हैसियतकम भएको आरोप लगाएका छन ।

आफ्नो पार्टीको एउटै उदेश्य भनेको एमालेलाई शून्यमा पुर्याउनु रहेको भन्दै एमालेलाई निर्वाचनमा परास्त गर्न सिट बाँडफाँडमा नमिले पनि गठबन्धन भने कायम राख्ने नाम नखुलाउने सर्तमा एसका एक नेताले बताए ।

नेकपा (एस) गठबन्धनबाट बाहिर रहेर एक्लै चुनाब लड्नु परे पनि आफ्नो पार्टीले सबै उम्मेदवारलाई तयारी अबस्थामा राखेको बुझिएको छ ।

जिल्लामा नेकपा एमालेले भने धेरै जसो पालिका र वडाहरुमा समेत उम्मेदवार टुंगो लगाई पार्टी प्रवेश तथा चुनावी प्रचारप्रसारमा लागिरहेको छ भने उता गठबन्धन उतारचढाव भागबन्डामै व्यस्त छ ।

प्रतिक्रिया दिनुहोस्