कुन स्वार्थले यति ठूलो नरपानी चुनढुङ्गा उत्खनन सामाजिक बिषय राजनीति र चुनावी मुद्दा बन्न सकेन

| २०७९ बैशाख ११ गते ०६: ५४ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। चुनाबी माहोल यतिबेला उतकर्षमा पुगेको छ, नेताहरू टिकट पाउन देखी चुनाब जित्न लागि चुनावी गर्मी माहोलमा दौड धुपमा तल्लिन छन। ठुला भाषण आश्वासन र जनतालाई बेकुफ बनायर आफ्नो राजनीति चमकाउने र आफ्ना निजि स्वार्थ पूरा गर्ने अबसरको रुपमा लियका छन।

चुनाब को बेला बाताबरण संरक्षण पर्यटकीय स्थल को बिकास, जनताका गुनासो तत्काल सुनाई, पारदर्शिता सुशासन जस्ता बिषयमा प्रतिबद्धता गरे पनि मात्र यो केबल चुनाव को लागि नारा भएको छ। अर्घाखाँची मा पनि यति बेला चुनावको मौसमको रोनक सजिलै अन्दाज गर्न सकिन्छ। तर जति ब्यबस्था परिवर्तन गरे पनि जनताका समस्या भने जस्ता का तस्तै छन, जनतालाई सधै राजनीति र ब्यबस्थाले धोका र फसाउदै आयको छ। 

यति बेलाको चुनाबमा पनि अर्घाखाँचीको सुपादेउराली नजिकै सम्पुर्ण अर्घाखाँचीलाई नै तहसनहस र प्रत्येक्ष असर पर्ने गरि भैइरहेको चुनढुङगा उत्खनन पर्ती कुनै पनि राजनीतिदलको ध्यान आकर्षण हुन सकेको छैन, यस बिसयमा जनता सर्बसाधरण र मिडिया निरन्तर चीत्कार गर्दा पनि राजनीति भने बहिरो र लाटो बनिरहेको छ। अघिल्लो चुनाब मा काङ्ग्रेस ले बाताबरण र प्रकृतिको संरक्षण पर्यावरणको रक्षा भनेर प्रतिबद्धता गरे पनि झन यो चुनढुङगा उत्खनन मा कुनै चासो नराखी केही सिमित ब्यक्तिगत स्वार्थमा सम्पूर्ण अर्घाखाँची लुटिदा समेत मेयर र उपमेयर यो प्रकृति दोहनको मतियार बने आज सम्म पनि सन्धिखर्क नगरपालिका ले कुनै पनि यस उत्खनन बाट लाभ लिन सकेको छैन र अहिले सम्म नगरपालिका ले मुख सम्म खोलेको छैन। बरु अनेक बाहानामा अबैध उत्खनन गर्न सहयोग गर्‍यो, बाहिर राजनीति मा भने काङ्ग्रेस एमाले र माओवादी कुकुर बिरोलो को चाला गरे पनि स्वार्थ र लुट्ने ठाउँमा हितसी बनेका ज्वलन्त उदाहरण हरु छरपस्ट छ्न। यो चुनढुङगा उत्खनन मा पनि सबै नभयपनि केही खराब लालचि काङ्ग्रेस का र केहि एमाले का सामाजिक गलत नियत भयका हरुको प्रत्यक्ष संगलता रहेको छ। यस्ता खराब चरीत्र का ब्यक्ति हरुको नै राजनीतिमा हाली मुहाली छ ।

काङ्ग्रेस ले बाहिर देखावटी चर्को बिरोध गरेपनी आन्तरिक रुपमा मेयर बनेर यो खानिको समबन्धमा केही पनि चु आखर गर्न नसकेका मेयर लाई फेरि पनि चुनावी मैदानमा उतार्न कसरत गरि रहेको छ। यसै सम्बन्धमा सन्धिखर्क नगरपालिका लाई 2 चोटि अख्तियार ले पत्र सम्म काटेको छ।

एमाले पनि यसको चर्को बिरोध र प्राकृतिक स्रोतको गलत प्रयोग भयको बताए पनि र प्रभाव शाली नेता र पर्यावरण का जिल्ला कै अग्रणी त्यागी नेता चेतनारायण आचर्यको बाणिलाई यसै अर्घाखाँची बुलेटिन मार्फत व्यक्त अभिव्यक्ति लाई समेत पार्टी ले उपेक्षा गर्दै, पछिल्लो यो चुनढुङगा उत्खनन को नाईके लाई चुनावको टिकट दिनुले शंका उब्जाएको छ। दाम र डन्डको अगाडि जति ठूलो आदर्श पनि फितलो बन्दो रहेछ।

अन्य पार्टी ले बिरोध गरे जस्तो गर्नी अनि अप्रत्यक्ष रूपमा दलाल सग बार्गेनिङ गरेको देखियो किनकी हामिले यस बिसयमा लिखित स्पष्ट धारणा माग्दा आफुलाई जति ठुलो सामाजिक जिम्मेवारी पार्टी बताए पनि ब्यहबार भने रत्नपार्क र गल्ली हरुका दलाल हरुको जस्तो छ यसको भण्डाफोर पनि हामी छिटै गर्दै छौ।

समग्रमा यो चुनढुङ्गा बिषय राम्रो या नराम्रो उचित अनुचित, जाहेज जे जस्तो भयपनी आफ्नो अभिमत र बिचार अनुरुप जनता लाई आस्वस्त पार्न र यस्ता मिलिभगत चरम लापरबाही कार्यको बिरोध र यसरी प्रकृति पर्यटन र धा स्थान को दोहन सगै यति सुन्दर क्षेत्र लाई मरुभूमि बनाउने मतियार लाई मतदान मार्फत बहिस्कार गरौ।

प्रतिक्रिया दिनुहोस्