शुभकामना, स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

| २०७९ बैशाख २१ गते १७: ५१ मा प्रकाशित

प्रेमनारायाण आचार्य। जिल्लामा आउने नयाँ कर्मचारीको स्वागत र जिल्लाबाट बाहिर सरुवा हुने तथा निवृत हुने कर्मचारीहरुलाई बिदाई गर्दै आईरहेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले  आज एक समारोहका बीच स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

 जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, अर्घाखाँचीका डिभिजन प्रमुख विष्णु भण्डारीको शुभकामना सहित बिदाई तथा यस जिल्लालाई कर्मथलो बनाएर आएका नयाँ कर्मचारीहरु जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सरोज भुसाल, भू-संरक्षणा तथा जलाधर व्यवस्थापन कार्यालयका सहाया भू-संरक्षण अधिकृत सरोज पोखरेल, करदाता सेवा कार्यालय अर्घाखाँचीका प्रमुख कमल सुवेदी, कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका कोष नियन्त्रक राजु पाण्डे, जिल्ला हुलाक कार्यालयका लेखापाल महेन्द्र न्यौपाने र भू-संरक्षणा तथा जलाधर व्यवस्थापन कार्यालयका ह.स.चा. भरत खड्कीको स्वागत गरेको हो । साथै सह-सचिवमा सिफारिस हुनुभएका विष्णु भण्डारीलाई उपस्थित सम्पूर्णका तर्फबाट सफल र सक्षम कार्याकालको शुभकामना व्यक्त गरिएको थियो । 

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख विष्णु भण्डारी हालै लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको सह-सचिवको पदमा सिफारिस भई संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर हुन जान लाग्नु भएको हो । उहाँ जिल्लामा रहँदा बस्दा सेवाग्राही तथा अन्य सरोकारवालाहरु र कर्मचारीहरुसँग अत्यन्तै मित्रवत व्यवहार गर्ने कार्यालय प्रमुख हुनुहुन्थ्यो । उहाँले उक्त कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै अर्घाखाँची जिल्ला चर्चा गरे भन्दा धेरै राम्रो र यहाँ रहँदा बस्दा सबैको साथ र सहयोग पाएको बताउनु भएको थियो । 

कार्यक्रममा बोल्दै आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्माले नेपाल सरकारको सह-सहचिव पदमा पदस्थापन भै जान लाग्नु भएका विष्णु भण्डारीले ट्रेड युनियनलाई धेरै नै सहयोग गरेको र अब झन ट्रेड युनियनको आवाज सुन्ने पदमा पदस्थापन भै जान लागेकोमा कर्मचारीहरुको हकहितका साथै यस युनियनलाई सहयोग गर्ने आशा व्यक्त गरेका थिए । त्यसै गरी जिल्लाका तालुक कार्यालयमा युवा तथा मेहनती युवा अधिकृत प्राप्त गर्नु यस जिल्लाका साथै आधिकारिक ट्रेड युनियनले पनि सहयोग लिन पाउनेमा खुशी व्यक्त गर्दै जिल्लामा रहँदा बस्दा यहाँहरुलाई सहयोग, समन्वय र सहजीकरण गर्न आफूहरु तत्पर रहँदै युनियनले गर्ने क्रियाकलापमामा साथ सहयोग र सदभावको अपेक्षा समेत व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा ट्रेड युनियनका सदस्य, करार तथा ज्यालादारी कर्मचारीका लुम्बिनि प्रदेश उपाध्यक्ष सुदीप जि.सी. लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रम आधिकारीक ट्रेड युनियनका सदस्य नारायण प्रसाद दमासेको संचालन, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत र कृष्ण वर्माको अध्यक्षतामा आधिकारिक ट्रेड युनियनको कार्यालय जिल्ला समन्वय समितिको भवनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्