अर्घाखाँची जिल्लाभर मदिरा बिक्रीवितरण तथा सेवनमा रोक

| २०७९ बैशाख २४ गते १६: ०० मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क।शान्ति शुरक्षा तथा निर्बाचन आचारसंहिता सम्बन्धि सर्बपक्षिय  बैठक सम्पन्न भएको छ।

 स्थानीय निर्बाचन २०७९ को सन्दर्भमा आयोजित सर्बपक्षिय बैठक सन्धिखर्कमा सम्पन्न भएको छ मुख्य निर्बाचनको कार्यलयमा आयोजित बैठकमा मुख्य निर्बाचन अधिकृत जिल्ला न्यायाधीश बासुदेब न्यौपाने  प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु, सरोकारवाला कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु , जिल्ला स्थित राजनैतिकदलका प्रमुख / प्रतिनिधिहरु तथा  संचारकर्मीहरुको उपस्थित रहेको थियोे ।
 
बैठकले स्थानीय निर्बाचन २०७९ को कार्यन्यवनको लागी निर्बाचन आयोग बाट जारी आचारसंहिता पुर्ण रुपमा पालना गर्नु पर्ने , आसन्न स्थानीय निर्बाचन लाई प्रभाव पार्न सक्ने मादक पदार्थ बिक्रि बितरण तथा सेबन कार्य लाई २०७९/१/२५ गते देखी २०७९/२/३ सम्म जिल्लाभर बिक्रीवितरण तथा सेवनमा रोक लगाउने ,निर्बाचन प्रचार प्रसारको कार्यक्रम लाई राजनैतिक दलहरु बिच समझदारी कायम गरि कार्यक्रम नजुधाउने , २०७९/१/२७ गते राती १२ बजे बाट मौन अबधि शुरु हुने हुँदा कुनै  किसिमका सभा जुलुस जस्ता क्रियाकलाप गर्न गराउन नपाइने , एउटा स्थानीय तहबाट अर्को स्थानीयतहमा जान नपाइने जानुपर्ने भए स्थानीय प्रशासनको अनुमति लिनु पर्ने , बाहिर बाट मतदान गर्न आउने मतदाता २०७९ /१/२९ गते राती १२ बजे सम्म आ-आफ्नो घरटोलमा आइसक्नु पर्ने ,सार्बजनिक तथा निजि सवारी साधनहरु २०७९/१/२९ बेलुका ५ बजे देखि २०७९/१/३० बेलुका ५ बजे सम्म पुर्ण रुपमा बन्द गर्नु पर्ने जस्ता महत्त्वपूर्ण निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्