अर्घाखाँची नेपाल प्रेस युनियन अर्घाखाँचीको बैंठक विपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न

| २०७९ जेठ १५ गते १७: ५० मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँची नेपाल प्रेस युनियन अर्घाखाँचीको बैंठक विपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।बैठकले विभिन्न निर्णय समेत गरेको छ ।जसमध्ये आगामी दिनमा साधारणसभा गर्ने, युनियले स्थापना गरेका ८ वटा पत्रकारिता पुरस्कार वितरण गर्ने युनियनका जिल्ला सभापति वीरेन्द्र केसीले जानकारी दिनुभयो ।

यस्तै,केन्द्रीय महाधिवेशन दुई पक्षबाट फरक–फरक मितिमा महाधिवेशन गर्ने विषयमा असमर्थ जनाउँदै सबै एकजुट भई युनियनको संस्थागत रुपमा एउटै मितिमा महाधिवेशन गर्न दवाव दिने , गुट उपगुट गरेर होइन, युनियनका सबै नेतृत्वकर्ता मिलेरै सफलतापूर्वक ऐतिहासिक महाधिवेशन छिटै सम्पन्न गर्नुपर्ने,संगठन लाई अझ सशक्त र चलायमान बनाउन सबै एकजुट भएर लाग्नुपर्ने , व्यावसायीक पत्रकारिताको विकास र प्रवद्धन गर्ने लगायतका निर्णय गरिएको युनियनका सभापति केसीले जानकारी दिनुभयो ।

युनियनका अध्यक्ष वीरेन्द्र केसीको अध्यक्षता, कांग्रेस जिल्ला कोषाध्यक्ष विष्णु क्षेत्रीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रचार विभाग प्रमुख सुर्यप्रसाद भुसाल,पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको सहभागीता रहेको कार्यक्रम युनियनका सचिव विष्णु खनालको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्