काँग्रेसका जिल्लास्तरित नेताका अधिकांश वडामै एमाले विजयी: सकेनन् वडा जिताउँन

| २०७९ जेठ १६ गते १८: १६ मा प्रकाशित

अर्घाखाँची, १६ जेठ । अर्घाखाँची जिल्लामा चुनावी सरगर्गि सकिनै लाग्दा विभिन्न तहबाट छलफल भईरहेका छन् । बैशाख ३० गते भएकाे निर्वाचनकाे समीक्षा अहिलेसम्म कुनै राजनितिक दलले गरेका छैनन् । जिल्लामा काँग्रेसले नराम्रोसँग पराजय व्यहोर्नुपरेको छ । नेपाली काँग्रेसका नेता रेवतीप्रसाद भुसालकाे वडामा गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार पराजित भए ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानकाे वडामा एमाले विजयी भयाे । काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, पुर्व सभापति कमलप्रसाद भुसालकाे वडामा एमालेका उम्मेदवार विजयी भए । 

लुम्बिनी प्रदेश सभा सदस्य निर्मला क्षेत्री, पार्टीका उपसभापति विष्णु भुसाल, बाबुराम पाैडेल, जिल्ला सचिव कृष्णप्रसाद खनालकाे वडामा पनि एमालेले जित हात पार्याे । त्यस्तै जिल्ला सभापति पदका उम्मेदवार यादवप्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधिद्वय डा. जयबहादुर टण्डन, हिम्मत टण्डन, मुक्ति श्रेष्ठकाे वडामा पनि एमालेले जित हासिल गर्याे । लुम्बिनी प्रदेश सभाका काँग्रेस प्रतिनिधि लक्ष्मण पाण्डे, नारायणहरी घिमिरेकाे वडामा एमालेले जित हासिल गरेकाे छ ।

 जिल्ला सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. इन्द्रमणि पाैडेलकाे वडामा वागी उम्मेदवार भएपनि काँग्रेसकाे प्यानल नै विजयी हासिल गराउन पाैडेलकाे भुमिका महत्त्वपूर्ण रहयाे । 

पार्टीभित्रबाटै वागी उम्मेदवार भएपनि अहाेरात्र खटेर पार्टीकाे प्यानललाई विजयी बनाएका पाैडेल चर्चामा छन् । पाणिनि गाउँपालिकाकाे अध्यक्षका उम्मेदवार तथा पार्टीका जिल्ला सचिव अच्युत गाैतमकाे वडामा काँग्रेस विजयी भयाे । 

शितगंगाका नगरपालिकाका निर्वतमान नगरप्रमुख तथा महाधिवेशन प्रतिनिधि सुर्यप्रसाद अधिकारीकाे भुमिका राम्रो देखियाे । उहाँले छविलाल पाैडेललाई नगरप्रमुखमा विजयी बनाउन महत्त्वपूर्ण भुमिका रहेकाे बुझिएकाे छ । प्रदेश क्षेत्रिय सभापति हेमन्त बेल्वासेकाे वडामा काँग्रेस पनि विजयी भएको छ । जिल्लास्तरिय नेताकै वडामा काँग्रेसकाे लज्जास्पद हार हुदाँ पार्टीका कार्यकर्ता सन्तुष्ट छैनन् । आफ्नै वडा जिताउन नसक्ने नेतृत्वबाट पार्टी नचल्ने कार्यकर्ताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्