शिवपुर सडकले सन्धिखर्क-फुदवाङ्गको फेर्दै मुहार

| २०७९ जेठ ३१ गते १७: ०४ मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची। सन्धिखर्क गोरुसिङ्गे सडक खण्डको सन्धिखर्क देखि फुदवाङ्गसम्मको सडक स्तरोन्नती गर्न सुरु भएको छ ।सडक डिभिजन कार्यालय, शिवपुर, कपिलवस्तुले आ.व२०७८र०७९ मा बजेट विनियोजन गरी सडक स्तरोन्नती गर्न सुरु गरेको हो।

यससंगै सन्धिखर्क ० कि.मीदेखि फुदवाङ्ग (फुदवाङ्ग सन्धिखर्क खण्ड) सम्मको स्तरोन्नती कार्य शुरु भएको छ ।

२०७८ साल पौष १३ गते सडक डिभिजन कार्यालय शिवपुर र पि.टि.आर अधिकारी कन्स्ट्रक्सन प्रालिबीच सो सडक स्तरोन्नती गर्न रु. १ करोड ५० लाख १ सय ५३ रुपैँयामा मिति २०७९/०३/२५ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो ।

निर्माण व्यवसायी, अर्घाखाँचीका अध्यक्ष तथा पिटिआर अधिकारी कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक ऋषिराम अधिकारी आफै फिल्डमा खटिई गुणस्तरीय काम गराउन लागि परेका छन् ।

सडक स्तरोन्नतीमा माटो काट्ने, ढुङ्गेगाह्रो, तार जाली भर्ने, हेमपाईप राख्ने र कालोपत्रे गर्ने कामहरु रहेका छन् । सन्धिखर्क ० किमि शान्ति बगैचा वरपर कालोपत्रे कार्य सम्पन्न गरेको छ भने अन्य स्थानमा कार्य सूचारु गरेको छ ।

फुदवाङ्ग देखि सदरमुकाम सन्धिखर्क भित्रिने र बाहिरिने सवारीसाधनहरुले साह्रै सास्ती खेप्नुका साथै धुलोले पैदल यात्रु हिड्न नसक्ने अबस्था थियो । साथै बेलाबेलामा बाटो अबरुद्ध हुने समस्या  थियो ।

प्रतिक्रिया दिनुहोस्