अर्घाखाँची बुलेटिनका सम्पादक खनालद्वारा अर्घाखाँची बिधुत कार्यालय प्रमुखलाई ज्ञापन पत्र

| २०७९ असार १२ गते १९: २२ मा प्रकाशित

गुरुदेव खनाल। अर्घाखाँचीमा बिगत केही समय देखि लगातार बड्दो बिधुत लोडसेडिङ वा छिनमा जाने आउने प्रवृत्ति ले आम अर्घाखाँची बासी जनसमुदाय हरुको जिबन असहज र मर्कामा रहेको सबैलाई अबगत नै छ। कमजोर बिधुत प्रणाली कुनै कारणले बिधुत अबरोध भय तत्काल मर्मत गर्ने तकनिकि को अभाव, पुराना पोल, ट्रान्सर्फमर, अन्य उपकरण लगायत बिधुत कार्यलय को लापरबाही आदि कारण हरुले बिधुत प्रसारण सहज हुन सकेको छैन।

आजको युगमा बिधुत प्राय सबै दैनिक कार्यमा उपभोग हुने हुदा सबैको दैनिकी बनेको छ। जनताको आबस्यकता लाई मध्यनजर गर्दै सम्बन्धित निकायले यस सम्बन्धमा ठोस कदम र बिधुतमा आउने प्राबिधिक अन्य समस्या लाई छिट्टै पहिचान गरि त्यसको समाधान को उपाय खोज्नु अत्यन्त जरुरी छ। हामी आम जनता बिधुत को महसुल बुझाउछौ त्यस बराबर को गुणस्तरीय सेबा पाउनु पर्ने जनता को मौलिक हक पनि हो। 

यसै समस्या र आम जनताको गुनासो लाई प्रतिनिधि गर्ने गरि आज अर्घाखाँची जिल्ला बिधुत कार्यलय प्रमुख लाई अर्घाखाँची बुलेटिनका सम्पादक गुरुदेब खनालको ज्ञापन पत्र।

ज्ञापन पत्र

प्रतिक्रिया दिनुहोस्