वर्तमान सरकार ईतिसकै असफल सरकार : एमाले नेता रायमाझी

| २०७९ असार २५ गते १६: ५१ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची। 
जेठ २५- नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले वर्तमान सरकार ईतिहासकै असफल  सरकार भएको बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँचीको तेस्रो पु्र्ण बैठकलाई सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले सरकार हरेक क्षेत्रमा असफल बन्दै गएको बताउनुभयो । रायमाझीले भ्रष्टाचार ,ढिलासुस्ती र अनियमितता बढेको ,बिकास निर्माणको काम रोकिएको ,अर्थतन्त्र चौपट भएको भन्दै सरकारको आलोचना गर्नुभयो । 

परमादेश सरकार र ५ दलिय गठबन्धनले गरेको सत्ता र शक्तिको दुरुपयोगका बीच नेकपा एमालेले अर्घाखाँची जिल्लामा सानदार जित हासिल गरेको भन्दै  आगामी निर्वाचनमा नेकपा एमालेले एक्लै जित हासिल गर्ने बताउनुभयो । रायमाझीले उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न कार्यकर्तालाई अग्रह गर्नुभयो । 

नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता,उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु चन्द्रबहादुर खड्का उज्ज्वल ,बोमबहादुर बि.क.,चेतनारायण आचार्य,केन्द्रीय सल्लाहकार द्वय नरेन्द्र कुमार क्षेत्री , लक्ष्मण रायमाझी ,एमाले प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे  ,जिल्ला कमिटीका उपसचिव शम्भु प्रसाद पोख्रेल , भिम के.सी. लगायतको 
उपस्थित रहेको एमाले कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनुभयो ।बैठकले हालै सम्पन्न स्थानीय तहको चुनावको गम्भीर समीक्षा गर्दै आगामी निर्वाचनको निम्ति समेत योजना बनाएको छ। 

प्रतिक्रिया दिनुहोस्