स्थानीय निर्वाचनमा अपेक्षाकृत परिणाम : नेकपा एमाले अर्घाखाँची

| २०७९ असार २८ गते १८: ४४ मा प्रकाशित

शोभाखर पन्थी ,अर्घाखाँची।नेकपा एमाले अर्घाखाँचीले गत स्थानीय निर्वाचनमा  ५ दलिय गठबन्धनको घेराबन्दी र षड्यन्त्रका बीच अपेक्षाकृत सफलता हासिल गरेको निष्कर्ष निकालेको छ।

एमालेको सदरमुकाम सन्धिखर्कमा सम्पन्न बैठकले सत्तारूढ गठबन्धन बाट गरिएका विभिन्न खालका धाँधलीका हतकण्डा र ठुलो धनराशिको अपचलन बाट निर्वाचनलाई प्रभावित पार्न खोजिएको भए पनि कार्यकर्ताको लगनशीलता र जनताको अपार मायाका कारण सफलता हासिल भएको पार्टीको ठहर छ ।
साथै एमालेले पार्टीको आन्तरिक कारणबाट केही पालिका र वडा गुमाउनुपरेको भन्दै आगामी दिनमा त्यस बाट पाठ सिकेर प्रभावकारी नतिजाको निम्ति सशक्त रुपमा लागिपर्ने निर्णय गरेको छ ।

पार्टीले स्थानीय निर्वाचनमा भएको कमजोरी ,अप्रयाप्तता,घात,अन्तरघात बारे छानबिन गरि आवस्यक सुझाव ,सल्लाह र कार्वाहीको निम्ति सिफारिस गर्न जिल्ला स्तरमा एउटा कार्यदल निर्माण गरेको छ ।

 एमाले जिल्ला सचिव तोजबहादुर रायमाझीको संयोजकत्वमा गठित कार्यदलमा संगठन बिभाग प्रमुख लिलबहादुर बि.क.,प्रचार बिभाग प्रमुख शोभाकर पन्थी र महिला नेतृ शुष्मा श्रेष्ठ रहनु भएको छ । कार्यदलले श्रावण मसान्तसम्म आबस्यक छानबिन गरि प्रतिबेदन तयार गर्ने जनाईएको छ । 

साथै बैठकले साउन ७ गते जिल्ला स्तरमा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । अभिमुखिकरणमा पार्टीको तर्फबाट विजयी पालिका प्रमुख ,उपप्रमुख ,वडाअध्यक्ष तथा पार्टीका पालिका कमिटीका ईन्चार्ज र अध्यक्ष सहभागी हुने नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले जानकारी दिनुभयो ।
बैठकले असार ३१ गते ६ वटै पालिका कमिटीका बैठक गर्नुका साथै वडा कमिटीका बैठक साउन ५ गतेसम्म गरिसक्ने निर्णय गरेको छ । 

साथै बैठकले पार्टीको आन्तरिक जीवन,आर्थिक व्यवस्थापन ,सदस्यता नविकरण लगायतका महत्त्वपूर्ण निर्णय लिएको कार्यालय सचिव  लिलबहादुर बि.क.ले जानकारी दिनुभयो ।

दुई तहमा ३ दिन सम्म चलेको बैठकमा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी ,केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल ,बोमबहादुर बि.क.,चेतनारायण आचार्य,केन्द्रीय सल्लाहकार नरेन्द्र कुमार क्षेत्री ,लक्ष्मण रायमाझी ,प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे लगायतका नेताहरूले मन्तव्य राख्नुभएको थियोे ।

बैठक जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता ,जिल्ला उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचिब तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्