खाँचीकोटमा स्वर्गीय बि.पि.कोइरालाको ४० औँ बार्षिक स्मृति अबसरमा बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न

| २०७९ सावन ७ गते १७: २० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची सन्धिखर्क वार्ड न.७ खाँचीकोट पन्चासेमा जिल्ला  नेपाली काङ्ग्रेसले नेपाल का महान जननायक राजनेता स्वर्गीय बि.पि. कोइरालाको ४० औँ  बार्षिक स्मृति अबसरमा बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

 बि.पि. कोईराला काङ्ग्रेसका मात्रै नभयर नेपालकै महान जनपि्रय नेता हुन नेपाली जनताको हक हितका लागि ब्यक्तिगत स्वार्थ त्यागी लामो समय जेल, प्रबास जीवन बिताउदै लामो समय देखीको जहानिय राणा शासन अन्त्य गरि देशमा प्रजातन्त्र ल्याउन सफल भयका हुन। उनका राष्ट्रका लागि अमुल्य योगदान रहेका छन। नेपाली काङ्ग्रेस बिपिको सिद्धान्त र मार्गलाई आबलम्बन गर्द्छ।

आज यिनै राज नेताको स्मरणमा खांचीकोटको पन्चासेमा भब्य वृक्षारोपण कार्यक्रम आयोजना गरि सम्पन्न भयको छ। उक्त कार्यक्रममा स्थानीय जिल्ला र क्षेत्रीय नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। बाताबरण संरक्षण र सामाजिक कार्य गर्ने उदेश्य ले उक्त कार्यक्रम आयोजना गरियको थियो।

कार्यक्रममा जिल्ला शभापती केशव श्रेष्ठले सम्पूर्ण काङ्ग्रेस आफ्नो ब्यक्तिगत स्वार्थ त्यागेर बि.प. को आदर्श लाई अंगिकार गर्दै सुपादेउराली लाई साक्षी राखेर एकिबद्द भैइ सामाजिक काम र पार्टी लाई सुदृढीकरण गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो। यदि आन्तरिक घात भयन भने नेपाली काङ्ग्रेसलाई कसैले पनि हराउन नसक्ने जिकिर गर्नु भयो, स्थानिय परिणाम लाई भुलेर अब प्रदेश र संघ को चुनाबमा केन्द्रित हुन सबैलाई आग्रह गर्नु भयो, प्रदेश र संघको चुनाब नेपाली काङ्ग्रेस ले नै जित्ने प्रतिबद्धता गर्नु भयो। यस्तै स्थानीय चुनाब मा आफुप्रती लगायको अनेक आरोप को समेत उहाले खण्डन गर्नु भयो। यस्तै लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान ले पनि काङ्ग्रेस बिचार र सिद्धान्त ले एक हुनुपर्ने र त्यो ब्यहबारमा पनि लागुगर्ने पर्ने बताउनु भयो। संक्षिप्त बोल्दै यहाँ संचालित चुनढुङ्गा उत्खनन यो क्षेत्र र जिल्लाको लागि हित नभएको जिकिर गर्नु भयो।

उक्त वृक्षारोपण कार्यक्रम मा जिल्ला सभापति केशव श्रेष्ठ प्रमुख अतिथि लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान बिशिस्ट अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य शान्ता भन्डारी शितगङ्गा नगरपालिका का मेयर छबिलाल पौडेल काङ्ग्रेस नेता यादब प्रसाद घिमिरे, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी, छ्मा कार्की , मनिराम परियार  छ्त्रदेब गाउपालिका अध्यक्ष चन्द्र्मान श्रेष्ठ अनि नेपाली काङ्ग्रेस जिल्ला उपसभापति बिष्णु प्रसाद भुसाल लगायत का नेताहरु को उपस्थिती थियो साथमा नरपानी सितापुर र स्थानीय नेता कार्यकर्ताको पनि बाक्लो उपस्थित थियो कार्यक्रम को सन्चालन नेपाली काङ्ग्रेसका जिल्ला सचीव कृष्ण प्रसाद खनालले गर्नु भयको थियो।

प्रतिक्रिया दिनुहोस्