अर्घाखाँचीकी ३ बर्षिया ना-बालिका दाङमा बलात्कृत

| २०७९ सावन ८ गते १५: २८ मा प्रकाशित

दाङ। अर्घाखाँची घर भएर दाङस्थित मामा घर आएकी साढे ३ वर्षीया बालिका बालात्कृत भएकी छन्।

जिल्लाको बबई गाउँपालिका-४ खयरभट्टीस्थित मामाघर आएकी ती बालिकालाई स्थानीय १४ वर्षीया किशोरले शनिबार दिउँसो बालात्कार गरेका थिए। 

पीडित बालिकाको नेपालगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। 
बलात्कारपछि किशोरले पीडित बालिकालाई मकैबारीको डिलबाट करिब ४५ मिटर तल धकेलिदिएका थिए। बालिकाको टाउकोमा चोटसमेत लागेको छ।

घटना शनिबार दिउँसो २ बजेतिर भएको आफन्तले बताए पनि प्रहरीलाई भने बेलुका ८ बजे मात्रै सूचना आएको डिएसपी अर्यालले बताए। 

पीडित बालिकाको स्वास्थ्य चेकजाँच र प्रारम्भीक उपचार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको हो। डिएसपी अर्यालका अनुसार पीडित बालिकाको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
स्रोत:सेतोपाटी

प्रतिक्रिया दिनुहोस्