उधाेगी व्यवसायीले आफु खुसि गरेकाे मूल्य बृद्वि घटाइ उधाेग वाणिज्यले समायाेजन गर्ने

मूल्य सुचि देखिने गरि राख्न व्यवसायीलाई नगर प्रमुख श्रेष्ठकाे आग्रह

| २०७९ सावन १० गते १८: २७ मा प्रकाशित

गणेश खनाल ,अर्घाखाँची । बजारमा व्यापारी उधाेगीले आफू खुसि मूल्य बृद्वि गरेपछि उधाेग वाणिज्य सघले पहल गरि मुल्य समाेयाजन गर्ने भएकाे छ । समायाेजन भएकाे मूल्य १ हप्ता भित्रमा लागू गर्ने गरि हाललाइ पुरानै दररेटमा काराेवार गर्ने निर्णय गरेकाे छ । 

खरिदकाे आधारमा,नेपाल सरकारका सम्बन्धित निकायले गरेकाे ऐन नियमलाइ आधार मानि मूल्य समायोजन गरिएकाे उधाेग वाणिज्य सघ अर्घाखाँचीले जनाएकाे छ । 

हाेटल व्यवसायी सहित केही व्यवसायीले केही दिन अगाडि मूल्य बृद्वि गरेकाे थियाे । अन्य व्यवसायीले गरेकाे मुल्यबारे सम्बन्धित व्यवसायीका सस्थासग समन्वय गरि केही दिनमा मूल्य समायाेजन गरिने अध्यक्ष प्रदिप मिश्रले जानकारी दिनुभयाे । 

अर्घाखाँची पहिलाे पटक बजारमा भएकाे मूल्य बृद्विलाइ ध्यान  दिई उपभोक्ताकाे हितमा ध्यान राखी मूल्य समायाेजनमा ध्यान दिएकाेमा जिल्ला वासिले उच्च मुल्यांकन गरेकाे बताइएकाे छ । 

उधाेग वाणिज्य सघ अर्घाखाँचीकाे आयाेजनमा भएकाे सर्वपक्षीय भेलामा बाेल्दै सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले अनिवार्य रूपमा मूल्य सुचि देखिने गरि पसलहरूमा  राख्न व्यवसायीलाई निर्देशन दिनुभयाे । सस्ताे र गुणस्तरीयमा प्रतिस्पर्धा गरि व्यवसायलाई सफलता तर्फ लग्दै  कानुन विपरित क्रियाकलाप नगर्न सबैलाई आग्रह गर्नुभयाे । 

कानुन विपरीत गर्ने व्यवसायीलाई कसैले बचाउने नसक्ने बताउदै नगर प्रमुख श्रेष्ठले आफनाे साख जाेगाइ व्यवसाय गर्न आग्रह गर्नुभयाे । उपप्रमुख मिश्रा आर्चायले उपभोक्ताकाे हितलाइ ध्यानमा राखि अगाडि बढ्न आग्रह गर्नुभयाे । बैठकमा जिल्लामा रहेका विभिन्न व्यवसायी सस्था तथा नेपाल पत्रकार महासघका अध्यक्ष अशाेक खनाल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

उधाेग वाणिज्य सघका अध्यक्ष प्रदिप मिश्र,महासचिव तुल्सिराम खनालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्