नेपाल कम्युनिष्ट पार्टी (एस)अर्घाखाँचीको जिल्ला सचिवालय स्तरीय बैठक सन्धिखर्कमा सम्पन्न

| २०७९ सावन १६ गते १६: ३१ मा प्रकाशित

                                                                             फाइल फोटो 

अर्घाखाँची। नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) जिल्ला सचिवालयस्तरीय अगुवा बैठक विभिन्न महत्त्वपूर्ण निर्णयहरुका साथ आज जिल्ला पार्टी  कार्यालय ,सन्धिखर्कमा सम्पन्न भएको छ ।

 बैठकले यही २०७९ साल श्रावण मसान्तभित्र अर्घाखाँची जिल्लास्थित ६ वटै पालिका कमिटीका बैठकहरु आयोजना गरि संगठन निर्माण , सदस्यता बितरण र आगामी संघ र प्रदेशको चुनावी  रणनीति समेत  तय गर्ने  निर्णय  गरेको  छ  ।

  पार्टी  जिल्ला कमिटीका अध्यक्ष  राम बहादुर चौहानको अध्यक्षता ,  पार्टी  केन्द्रिय  सदस्य  एवं अर्घाखाँची  जिल्ला इन्चार्ज पिताम्बर भुसालको प्रमुख आतिथ्यता  र पार्टी  जिल्ला कमिटीका सचिव  युवराज पौडेलको संचालनमा सम्पन्न  बैठकमा पार्टी केन्द्रिय परिषद सदस्य अनिरुद्र सुवेदी , पार्टी  प्रदेश  कमिटीका  सदस्यद्वय बिष्णुहरी भुसाल र मोती श्रीपाल , प्रदेश सल्लाहकार परिषद  सदस्य सकुर मिया , जिल्ला उपाध्यक्षद्वय सिद्धी  प्रसाद  भुसाल र सुमित्रा मुखिया ,  सहसचिवद्वय हृदय  कुमार  भुसाल र  डेम नेपाली , कार्यालय  सचिब  नारायण भुसाल , सन्धिखर्क नगर  कमिटीका अध्यक्ष बद्री भुसाल ,  भुमिकास्थान नगर कमिटीका  इन्चार्ज झबिलाल भट्टराई ,  मालारानी गाउँ कमिटीका अध्यक्ष डाल बहादुर  चौहान  लगायतका  नेता  कमरेडहरुले आ- आफ्ना  सारगर्भित भनाइहरु राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्