अर्घाखाँचीमा सरकारी सबारी साधनको चरम दुरुपयोग

| २०७९ सावन २० गते १५: ३५ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँचीमा सरकारी सबारी साधनको चरम दुरुपयोग भयको गुनासो मात्र होइन प्रत्यक्ष दृश्य हरु सामान्य भएका छन। 

खुल्लम खुल्ला सरकारी सबारी साधन को लापरबाही र दुरुपयोग हुदा समेत प्रशासन र सम्बन्धित निकाय मौन छन। अर्घाखाँचीमा सरकारी सबारी साधन रक्सिको भट्टी पसल देखि आफ्ना निजि कार्यमा व्यापक दुरुपयोग भयका छन। यसरी जनप्रतिनिधि सरकारी कर्मचारी सबैले नियम र कानुनको ठाडो उल्लंघन गरि यसरी सबारी साधनको मनपरी उपयोग गरेका छन। यसरी कानुन र नियमको पालना गराउने निकाय नै यस्तै काम गरे पछि नियम र कानुन ले कसरि कार्यनयन होला यसमा सबैको शंका छ।

जिल्लामा बिदाको दिनमा समेत सबारी साधन आफ्नो निजि कार्यका लागि सदुपयोग भयको र यत्र तत्र चलायको सहजै देख्न सकिन्छ। यस समबन्धमा संबंधित निकाय प्रशासन पुर्ण मौन देखिन्छ। देखेको न देखे झै गर्दै आयको छ।सार्बजनिक सम्पत्तिको संरक्षण पहिलो कर्तव्य जनप्रतिनिधि र सरकारी कर्मचारिको हो तर यी ब्यक्ति हरुबाट नै यसरी दुरुपयोग हुनु समाजका लागि निराशाजनक हो।

जनताको रकम व तिरेको करबाट खरिद गरियाका सबारी साधन जनताको काम बाहेक अन्यत्र खर्छ गर्नु अनुचित कार्य हो। यसले समाजप्रतिको जिम्मेवारी लाई योग्य रितिले पार नगरेको हुन आउछ ।अर्घाखाँची बुलेटिन ¾ पटक यसरी सबारी साधन दुरुपयोग गरेको प्रत्यक्ष देखायर सम्झाई बुझाई पनि गरेको थियो तर जब सम्म संबंधित निकाय मौन हुन्छ तब एक दुई जनाको खबरदारी पर्याप्त हुदो रहेन्छ। फेरि पनि अर्घाखाँची बुलेटिन यस्ता बान्छनिय क्रियाकलाप विरुद्ध जब सम्म आमूल सुधार आउदैन तब सम्म निरन्तर खबरदारी गरिरहने छ।

उपरोक्त बिषयमा सम्बन्धित निकायको समयैमा ध्यानाकर्षण होस, जसबाट राष्ट्रिय सम्पती को दुरुपयोग रोक्न सहयोग होस। समयमै जिल्ला प्रशासनले बिगप्ती जारी गरि सबैलाई यसरि हुने दुरुपयोग बाट बच्न सुझाव दियोस।

प्रतिक्रिया दिनुहोस्