अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन मा स्वतन्त्र बाट कलाकार दुर्गा बञ्जाडेले उम्मेदवारी दिने

| २०७९ सावन ३० गते १३: ४६ मा प्रकाशित

पारस भट्टराई,काठमाडौँ। अर्घाखाँची मा पनि चुनावि माहोल सुरु भईसकेको छ। निर्वाचन आयोगले मंसीर ४ गते निर्वाचनको मिति तोकेसँगै यतिबेला सहर देखि गाउँसम्म नेता तथा उम्मेदवार जनतालाई आफुलाई जिताउन हरसम्भव प्रयास गर्न थालिसकेका छन। अर्घाखाँची मा पनि चुनावि माहोल सुरु भईसकेको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा धेरैपटक नेता टोपबहादुर रायमाझी ले जितेको जिल्ला हो। पहिले माओवादी केन्द्रबाट निर्वाचित रायमाझी अहिले एमालेमा प्रवेश गरेका छन्।

अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन मा स्वतन्त्र बाट कलाकार दुर्गा बञ्जाडे मैदानमा आएका छन। उनले राजनितिलाइ नेताहरुले एकलौटी आफ्नो सम्पती बनाए,अब गरिब नागरिक को उद्दार गर्न स्वतन्त्र उम्मेदवारलाई अर्घाखाँची बासीले जिताउन पर्ने बताए।“युवाको जित हुनु पर्छ अनि जिल्लालाइ कस्तो बनाउने जनताले बनाउने हो नेताले होइन म पनि अर्घाखाँचीको नागरिक भएकोले जिल्लामा केहि गरौ भनेर आएको सबैको साथ सहयोग चाहिन्छ तपाईं हाम्रा सुबिधा नेताले खाइ दिए त्यो सुबिधा जनताको हातमा ल्याउनु छः उनले भने’।

तपाईले जनतालाई मलाई भोट दिनुहोस भन्ने आधार चाहि के छ?

हामीले जोड दिने भनेको कृषि ,उधोग,शिक्षा,पर्यटन,यी क्षेत्रबाट अर्घाखाँचीका नागरिकलाई रोजगार दिएर आत्मनिर्भर बनाउने उदेश्य हो। अनि खानेपनि देखि धेरै कुरा आउछ्न ठुला सपना भन्दा पनि सानो सानो बाट ठूलो समस्याहरु हल गर्दै जाने हो। भ्रष्टाचारलाई जरै देखि उखेल्नु छ र ब्यावहारिक शिक्षामा पनि जोड दिन्छु उनि भन्छन।

तपाइले जनताबाट कस्तो अपेक्षा राख्नु भएको छ?

दुर्गा बञ्जाडे–जनता सचेत भइ सकेका छ्न पुराना दल हरुले गरेका झुटा आश्वासन अनि जनता माथी गरेका कुठाराघातका कारणले अब स्वतन्त्रलाई जिताउन आवस्यक छ। त्यसैले सबै जनता मिलेर अगाडि बढ्नु पर्छ।

विभिन्न ठाउमा स्वतन्त्र ले जित हासिल गरे पनि काम गर्न ग्राहो भईरहेको छ यसमा तपााईको भनाई के छ?

बिकास नचाहने नेताहरुलाई यहि चुनाबाट भोट मार्फत बिदा गर्नु पर्छ।धरानका जनताले जसरी हर्क साम्पाङ्गलाई बिस्वास गरे त्यसरी नै नेपालभरी बाट स्वतन्त्रलाई बिस्वास गरौ। सम्सद भवन भित्र धेरै स्वतन्त्र भित्रन आवस्यक छ अनि काम गर्न पनि सजिलो हुन्छ। यो सुरुवात हो।

प्रतिक्रिया दिनुहोस्