नेकपा एमाले अर्घाखाँचीमा देखिएनन् नयाँ अनुहार: संघ र प्रदेशमा पुरानै नेतालाई पुन:दाेहाेरायाे

| २०७९ भदौ २० गते २०: ३६ मा प्रकाशित

अर्घाखाँची। नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रतिनिधिसभाका लागि एकल उम्मेदवार सिफारिस भएका छन् । लगातार ३ पटक निर्वाचन जितेका रायमाझीको एकल नाम सिफारिस गरिएको हो । स्थानीय तहको निर्वाचनमा ५ दलको वडा तहसम्म भएको गठबन्धनलाई तोडेर बहुमत पालिका जिताएपछि उनको प्रशंसा बढेको छ ।

सोमबार बसेको जिल्ला पार्टीको बैठकले रायमाझीलाई सर्वसम्मततिले एकल उम्मेदवार सिफारिस गरेको एमाले अर्घाखाँचीले जनाएको छ । रायमाझी पटक पटक मन्त्री तथा उपप्रधानमन्त्री भइसकेका छन् । २०७४ सालमा बामगठबन्धन हुँदा माओवादी केन्द्रबाट विजयी रायमाझी नेकपाको विघटनपछि एमालेमा प्रवेश गरेका थिए । एमालेले प्रदेश ‘क’ बाट नेता चेतनारायण आचार्य तथा ‘ख’ बाट नेता रामजी घिमिरे एकल उम्मेदवार सिफारिस भएका छन् ।

गठबन्धनमा नेपाली कांग्रेस र माओवादीले दाबी गरेको जिल्लामा कांग्रेसबाट उपसभामुख पुष्पा भुसाल, पुर्वमन्त्री रेवतीप्रसद भुसाल, प्रदेश सहमहामन्त्री विष्णु मुस्कान, महाधिवेशन प्रतिनिधी रामबहादुर विसी, लेखनाथ पोख्रेल र मुक्ती श्रेष्ठ उम्मेदवारहरु सिफारिस भएका छन् ।सुनौलो प्रेस बाट साभार 

प्रतिक्रिया दिनुहोस्