नेपाल खेलकुद महासंघ अर्घाखाँची को सचिवालय बैठक सम्पन्न :असोज २ गते सन्धिखर्क नगर कमिटी गठन हुने

| २०७९ भदौ २६ गते १७: ३७ मा प्रकाशित

सागर मरासिनी ,सन्धिखर्क। नेपाल खेलकुद महासंघ अर्घाखाँची को सचिवालय बैठक आज मदन स्मृति भवन सन्धिखर्क मा सम्पन्न भएको छ । 

नेपाल खेलकुद महासंघ  केन्द्रिय सदस्य बिष्णु परियार को प्रमुख आथित्यता मा सम्पन्न भएको बैठक को अध्यक्षता नेपाल खेलकुद महासंघ अर्घाखाँची का अध्यक्ष हेनरी बस्नेत रहनु भएको थियो ।

बैठक मा महत्वपूर्ण बिषयमा छलफल हुनु का साथै यहि असोज २ गते सन्धिखर्क नगरपालिका मा नेपाल खेलकुद महासंघ सन्धिखर्क नगर कमिटी गठन  गर्ने निर्णय गरिएको थियो ।

बैठक नेपाल खेलकुद महासंघ अर्घाखाँची का सचिव सागर मरासिनी को संचालन मा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्