अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

| २०७९ असोज २० गते २३: २९ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची।अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ । सरकारले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन मंसिर ४ गते तोकेसंगै निर्वाचन आयोगको कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको हो ।

 प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि बिहिवार जिल्ला समन्वय समितिको कार्यालय परिषर्मा रहने गरी कार्यालय स्थापना भएको हो ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको बिशेष उपिस्थतिमा स्थापना गरीएको कार्यालय उद्घाटन कार्यक्रममा ईश्वरी बक्स गुल्म म्यालपोखरीका गुल्मपति बासुदेव पङ्गेनी, प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल , सशस्त्र प्रहरी बल ३६ नं. गुल्मका गुल्मपती प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ ,जिल्ला अदालत अर्घाखाँचीका श्रेतेदार महेश खनाल, जिल्ला निर्बाचन अधिकृत शुरेश भण्डारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थी, पत्रकार महासंघका अध्यक्ष अशोक खनाललगायतको उपस्थित रहेको जिल्ला अदालत अर्घाखाँचीका सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्