एकीकृत समाजवादीका प्रदेश सदस्य भोजबहादुर खड्का एमाले प्रवेश

| २०७९ असोज २४ गते १९: ५१ मा प्रकाशित

हरि कुँवर ,अर्घाखाँची ।नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका सदस्य भोजबहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेका छन ।

अर्घाखाँचीको मालारानी-५ निवासी खड्का समाजवादी अर्घाखाँचीका सामाज सेवी तथा प्रभावसाली नेताका रुपमा चिनिन्छन । खड्का उम्मेदवारी दर्ताकै दिन नेकपा एमालेलेको पार्टी कार्यालय सन्धिखर्कमा पुगेर पार्टी प्रवेश गरेका हुन । उनलाई एमाले नेता टोपबहादुर रायमाझीले फुलमाला अबिर लगाइ नेकपा एमाले पार्टीमा स्वागत गरेका थिए ।

खड्काले एकीकृत समाजवादी स्वार्थहरु झुन्ड भएको आरोप लगाएका छ्न । उनले माधव नेपाल समुहले प्रतिक्रियावादीको सेवाको निम्ति पार्टी बिभाजन गरेको पुष्टि भएको भन्दै चुनाव पछि समाजवादी पार्टी नै नरहने ठोकुवा समेत गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्