दशैँ मनाउँन हिडेकी अर्घाखाँची घर भएकि २० बर्षिया युवती बलात्कृत : दुई जना पक्राउ

| २०७९ असोज २४ गते २१: ०७ मा प्रकाशित

अर्घाखाँची। कपिलवस्तुमा एक युवतीलाई बलत्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्घाखाँची घर भएकी अन्दाजी २० वर्षकी ति युवती दशैंको टीका लगाउन वाणगंगा ७ वनगाइमा आफन्तजन कहाँ आउने क्रममा उनीमाथि दुई युवकले जबरजस्तीकरणी गरेको बताइएको छ ।

उनीमाथि जबरजस्तीकरणी भएको प्रहरीसमक्ष जाहेरी परेपछि ईलाका प्रहरी कार्यालय पिपराले एक २८ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवक गाडीको सहचालक रहेको बताइएको छ । यस्तै सोही आरोपमा अर्का ३२ वर्षीय पुरुषलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट बनगाईका लागि आउने एक विङ्गरमा सवार रहेकी ति युवतीलाई सोही विङ्गरका सहचालकले जबरजस्तीकरणी गरेको र पछि आफ्नो साथीलाई जिम्मा लगाई मोटरसाईकलमा युवतीलाई घर पु¥याइदिने भन्दै बिचबाटोमा अलपत्र पारि जबरजस्तीकरणी गरेको प्रहरी समक्ष ति युवतीले बताएकी छन् ।

आरोपित युवकहरु मध्ये १ जनालाई २२ गते नियन्त्रणमा लिएरको र अर्का एक जनालाई २३ गते नियन्त्रणमा लिई म्याद थपका लागि अदालत पठाएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपकबाबु के.सीले बताउनुभयो । गाडीका सहचालकले आफ्नो गाडीमा सवार एक यात्रुलाई प्रलोभनमा पारी जबरजस्ती गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पिडित युवती अर्घाखाँचीकी रहेको र आरोपित पुरुषहरु दुबैजना कपिलवस्तुका रहेको जनाइएको छ । यो समाचार www.esajhakura.com मा प्रकाशित गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्