आसन्न निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनलाई हार्ने छुट छैन: पुष्पा भुसाल

| २०७९ असोज २५ गते १७: २५ मा प्रकाशित

गोपालप्रसाद भट्टराई,अर्घाखाँची ।नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले आसन्न निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनलाई हार्ने छुट नभएको बताउनुभएको छ । आसन्न निर्वाचनमा गठबन्धन अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्धारी दर्ता गर्नुभएकी नेतृ भुसालले प्राप्त उपलब्धिको रक्षा,समावेशी अधिकार र आर्थिक समृद्धिको कार्यभार गठबन्धनको काँधमा रहेको दाबी गर्दै गठबन्धनले जित्नुको विकल्प नभएको जिकिर गर्नुभएको हो ।

 रिपोर्टस क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले हिजो सन्धिखर्कमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान उप–सभामुख समेत रहनुभएकी नेतृ भुसालले यस्तो बताउनुभएको हो । विकासको नाममा आएको बजेट दुरुपयोग गरि मतदाता खरिद गर्ने विकृतिका बिरुद्ध जनता सचेत हुनुपर्नेमा उहाँको जोड रहेको छ । भ्रम,भय र प्रलोभनबाट मुक्त भएर राष्ट्रको नाममा मत अधिकार प्रयोग गर्न आम मतदातालाई उहाँको सुझाव समेत रहेको छ । यस्तै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ क का उम्मेद्धार ठाकुर कुमार वि.क. र निर्वाचन क्षेत्र नम्बर १ ख का कमल प्रसाद भुसालले पनि मन्तव्य राख्दै अर्घाखाँचीको समग्र विकासको निम्ती गठबन्धनलाई भोट दिन आग्रह गर्नुभएको छ । 

व्यवसायिक पर्यटन,कृषि र स्वरोजगार नै अर्घाखाँचीको आर्थिक समृद्धिको आधार भएको भन्दै उहाँहरुले अर्घाखाँचीको विकासको निम्ती स्थानिय सरकारमा ५ बर्ष रहँदा बटुलेको अनुभवलाई उपयोग गर्ने समेत बताउनुभएको छ । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह–महामन्त्री बिष्णु मुस्कान र माओवादी केन्द्र अर्घाखाँची जिल्ला इन्चार्ज शुसिला श्रीपाइलीले चुनावको लागि मात्रै नभएर अहिलेको गठबन्धन राष्ट्रिय राजनितिको आवस्यकता भएको बताउनुभएको छ । 

गठबन्धनभित्र सिट बाँडफाँडको क्रममा कसैको चित्त दुःखाइ भएपनि अन्तत ५ दलिय गठबन्धन एक ठाउँमा आउने र प्रतिगमनको पराजय हुने उहाँहरुको दाबी रहेको छ । कार्यक्रम रिपोर्टस क्लब लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र रुद्रमणी भुसालको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्