अर्घाखाँचीमा गठवन्धनकाे तर्फवाट क्षेत्र नं १ (क) मा राष्ट्रिय जनमाेर्चाका सागर केसीको उम्मेदवारी

| २०७९ असोज २६ गते १७: ३८ मा प्रकाशित

कमला घिमिरे ,पाणिनी। अर्घाखाँचीमा गठवन्धनकाे तर्फवाट अर्घाखाँचीको क्षेत्र नं १ (क) मा राष्ट्रिय जनमाेर्चाका सागर केसीको उम्मेद्बारी दर्ता भएको छ। 

यस अघि माओबादी केन्द्रका युवा नेता ठाकुर कुमार बिक ( किशोर) को  गठवन्धनकाे तर्फवाट क्षेत्र नं १ (क) उम्मेदवार दर्ता भएको थियो , तर आज मनोनयन दर्ता गरेका उम्मेदवार हरुले आफ्नो उम्मेदवारी  फिर्ता गर्न सक्ने दिन भएको कारण अर्घाखाँची मा गठबन्धका शिर्ष नेताहरुको छलफल पछि माओबादी केन्द्रका युवा नेता ठाकुर कुमार बिकले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। 

बि.कले आफ्नो उम्मेदवारी  फिर्ता लिएर राष्ट्रिय जनमाेर्चाका नेता सागर केसीलाई स्थान दिएपछि अर्घाखाँची मा गठबन्धन तर्फ थप  मजवुत देखिएको छ। 

प्रतिक्रिया दिनुहोस्