अर्घाखाँचीमा खुम्चियो माओवादी(केन्द्र),छैनन प्रत्यक्ष उम्मेदवार

| २०७९ असोज २६ गते २२: ३१ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभाको लागि नेकपा माओवादी तर्फबाट अर्घाखाँची उम्मेदवार विहीन बनेको छ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेद्वारी दिएका अर्घाखाँचीका ४ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन ।

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार आज उम्मेदवारी फिर्ता गर्नेहरुमा प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका पशुपति ढकाल, प्रदेश ‘क’ मा गठवन्दनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका ठाकुर कुमार वि.क., प्रदेश ‘ख’ बाट स्वतन्त्र उमेद्वारि दिएका महेश पन्थ, राजमोबाट प्रदेश ‘ख’को उम्मेदवार बनेका जिवलाल पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन ।

माओवादी कार्यकर्ताहरुले सामाजिक संजालमा अर्घाखाँची माओवादी सकिएको भने गुनासो पोखेका छन। अर्घाखाँचीमा नेकपा माओवादी केन्द्र प्रतक्ष्य तर्फ उम्मेदवार विहिन बनेको छ भने गठबंधन दलबाट काङ्ग्रेस र राजमोलाई सिट मिलेको छ । उता नेकपा एसले भने प्रदेश सभा ‘क’ मा राम बहादुर चौहान लाई उम्मेदवार बनाएपनि गठबंधन भित्र विवाद भने चुलिएको बुझिएको छ ।

उता २०६४ सालको संविधानसभामा छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर संसद्‍ छिरेका टोपबहादुर रायमाझी र पुष्पा भुसाल गौतमबीच मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ ।अर्घाखाँचीलाई नयाँ ढंगले विकास गर्ने आफूले जित्ने दाबी भुसालले गरेकी छिन । रायमाझीले पनि अर्घाखाँचीमा विकास गर्दैगर्दा रोकिएका काम अगाडि बढाउन आफुले जित्नु पर्ने दाबीनै गरेका छन ।

प्रतिक्रिया दिनुहोस्