अर्घाखाँची देखि गोरुसिङ्गे तर्फ लजादै गरेका १० लाख बराबरका अवैध भैंसीहरु पक्राउ

| २०७९ असोज २७ गते १३: १२ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची बाट गोरुसिङ्गे तर्फ लैजादै गरेका स्त्री जातिका अवैध १२ वटा भैंसिहरु प्रहरीले नियन्त्रणमा लिएको छ। 

हिंजो अर्थात २०७९ साल असोज २६ गते राति करिब ११ : ४५ बजेको समयमा अर्घाखाँची देखि गोरुसिङ्गे तर्फ लजादै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ मा रहेको नरपानी प्रहरी चौकीले अवैध १२ वटा भैंसिहरु सहित ट्रकलाइ पक्राउ गरेको हो। 

प्र.ना.नी हुम बहादुर वि.क.को कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्दा गैरकानुनी रुपमा अर्घाखाँचीबाट गोरुसिङ्गे तर्फ लैँजादै गरेको लु २ ख २०५ नं. को मालवाहक ट्रकमा आवश्यक कागजात विना स्त्री प्रजातिका १२ वटा भैसीहरु अं.मुल्य रू. १० दश लाख  बराबराको  चौपाया सहितको ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सन्धिखर्क नगरपालिकाको कार्यालय पठाइएको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्