कांग्रेस नेतृ पुष्पा भुसाल झुटको खेति गर्दै छिन,सालझन्डी ढोरपाटनको रेखाङ्कन महिले गरेको हुँ मेरै पहलमा सडक सुचारु भएको हो: रायमाझी

| २०७९ कार्तिक २२ गते १८: ३३ मा प्रकाशित

रबि पोख्रेल ,अर्घाखाँची। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको तर्फ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेता टाेपबहादुर रायमाझीले सालझन्डी  ढोरपाटन सडक आफ्नै पहलमा सुचारु भएको दावी गरेका छन्। 

नेता रायमाझीले मालारानी गाउँपालिका वडा नम्बर ४ खन लुटीपोखरीको एक चुनावी प्रचार प्रसार कार्यक्रमलाई सम्बोधन गर्दै स्व. नेपाली कांग्रेसका नेता काशिनाथ गौतमको पहल र रेखाङ्कनमा नभई सालझन्डी  ढोरपाटन सडक आफ्नै पहलमा सुचारु भएको बताएका हुन्।

केहि दिन अघि सन्धिखर्कको साथि होटेलमा भएको कांग्रेस नेतृ पुष्पा भुसाल र एमाले नेता टोपबहादुर रायमाझी बिचको महासंघ्राम बहसमा चर्चित पत्रकार ऋषि धमला संगको अन्तर्वार्तामा पुष्पा भुसाले  झुटा अभिव्यक्ति दिएको रायमाझीले बताएका छन्। 

"झुट बोल्ने लाई के भनौ र खै "भन्ने गितको भाषामा नेतृ पुष्पा भुसाललाई संज्ञा दिंदै सालझन्डी ढोरपाटन सडकको बजेट रामसरण महतको पालामा नभई बाबुराम अर्थ मंत्री हुँदा र प्रचण्ड प्रधानमंत्री आफु सांसद पदमा रहंदा २०६५ साल अजोज ३ गतेको बजेटमा सालझन्डी ढोरपाटन सडकको बजेट परेको हो। सालझन्डी ढोरपाटन सडकको बारेमा पुष्पा भुसाललाई कुनै जानकारी नै थिएन र अहिले २०७९ सालमा आउँदा सम्म सालझन्डी ढोरपाटन सडक कहाँ देखि कहाँ जान्छ भन्ने कुनै जानकारी नै छैन भन्ने कुरा आफ्नो मन्तव्यमा बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्