अर्घाखाँचीमा अबको ५० बर्षसम्म एमालेलाई परास्त गर्न कुनै पार्टीले हिम्मत न राखे हुन्छ : रायमाझी

| २०७९ मंसिर ८ गते १८: ३६ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँची बाट नेकपा एमालेको तर्फ बाट भर्खरै मात्र प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अबको ५० बर्ष कसैले एमालेलाई हराउँने हिम्मत नगर्दा हुन्छ भन्ने अभिव्यक्ति दिएका छन्। 

अर्घाखाँची बाट चौंथो पटक प्रतिनिधि सभाको सदस्य पदमा जित हाँसिल गरेका रायमाझीले आजको आफ्नो बिजयी र्‍याली कार्यक्रममा अब को ५० बर्ष कुनै पनि गठबन्धन दल हरुले एमालेलाई परास्त गर्न न सक्ने बताएका हुन्। रायमाझीले अब को ५ बर्षमा अर्घाखाँचीमा अड्किएर रहेका बिकास निर्माण का कार्यहरुलाई निरन्तरता दिँदै कार्य हरु सम्पन्न गर्ने बताएका छन्। 

यो पनि पढ्नुहोस 

 नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् ।

२०६४, २०७० मा संविधान सभा सदस्य भएका रायमाझी २०७४ मा माओवादी केन्द्रबाट विजयी भएका रायमाझीले चौथौ पटक अर्घाखाँचीबाट जित हासिल गरेका छन् । तत्कालीन नेकपा विभाजनपछि भने उनी माओवादीमा फर्किएनन् । केपी ओलीको मन्त्रिपरिषदमा तीन  मन्त्री बनेकै बेला उनलाई माओवादीले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए ।

अर्घाखाँचीको फलेपतमा जन्मिएका रायमाझीले २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०४३ मा अनेरास्ववियु छैटौंको केन्द्रीय उपाध्यक्ष र २०४४ सालमा अध्यक्ष बनेका उनी २०४८ मा योङ कम्युनिस्ट लिग वाईसीएल, नेपालको संस्थापक अध्यक्ष भए ।

२०४८ मा पार्टीको केन्द्रीय सदस्य बनेका रायमाझी डा. बाबुराम भट्टराईसँगै एकता केन्द्रमा गए । नेकपा माओवादीले सशस्त्रयुद्ध थालेपछि उनी २०५३ मा अखिल भारत प्रवासको इञ्चार्ज बने । २०५५ मा माओवादीको पोलिटब्यूरो सदस्य बनेका उनी २०७० मा पार्टी सचिवमा निर्वाचित भए ।

तत्कालीन माओवादीमा डा. भट्टराई समूहमा रहेका उनी नयाँ शक्तितिर भने गएनन् । त्यसरी बाबुरामको साथ छाडेका उनी २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री बनेका थिए ।

त्यसअघि २०६६ सालमा उनी भौतिक योजना तथा निर्माण मन्त्री, २०६७ मा स्थानीय विकास मन्त्री र २०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्