अर्घाखाँचीमा १ हजार १ जना म्यादी प्रहरी बिदा भए

| २०७९ मंसिर ८ गते २०: १५ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची। निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको बिदाइ गरिएको छ।

बिहीबार सन्धिखर्कको सभाहलमा एक कार्यक्रम बीच जिल्लामा खटिएका १ हजार १ जना म्यादी प्रहरी लाइ कदरपत्र प्रदान गरि बिदा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि खटिएका म्यादी प्रहरीले स्वच्छ, शान्त र भयरहित ढंगबाट सम्पन्न गराउन सुरक्षाका हिसाबले खेलेको भुमिकाको मुक्तकणले प्रसंशा गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे,जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख डिएसपि मुकुन्द रिजाल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्