अर्घाखाँची सुकुम्बासी आयोगका अध्यक्षलाई अर्घाखाँची बुलेटिनका सम्पादक गुरुदेब खनालको पत्र

| २०७९ मंसिर १५ गते १९: ०० मा प्रकाशित

श्री भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास    
आयोगका अध्यक्ष ज्यु।
सन्धिखर्क अर्घाखाँची 

      बिषय: भुमिहिन तथा सुकुम्बासी समबन्धमा भयको लापरबाही बारेमा

महोदय 
उपरोक्त सम्बन्धमा यस अर्घाखाँचीमा भुमिहिन तथा सुकुम्बासी र अव्यवस्थित बसोबासको समबन्धमा केही दिन अगाडि विभिन्न सामाजिक संजाल तथा मिडियामा बिबरणहरु सार्बजनिक भयका थिय जहाँ करौड पति देखि लियर विभिन्न राजनीतिक ब्यक्ति र समाजका टाठा बाठा पनि समाबेश भएको पाईयो। जुन कानुनको दृष्टिले सामाजिक दृष्टिले अनि ब्यहबारिक दृष्टिकोणबाट पनि सरासर आयोग को गलत प्रयोजन भयको पाईयो। कमजोर सामाजिक ब्यबस्था र नागरिकको चेतनाको स्तरको गैर फाईदा उठाउदै यस आयोग बाट यस्ता बान्छनिय क्रियाकलाप नहुने प्रती सचेत हुन पनि आग्रह गर्दछु। 

कानुनको दृष्टिकोण बाट नेपाल भुमि एन बमोजिम अव्यवस्थित बसोबास दफा ५२(ग) को उपदफा(२) बमोजिम दफा ५२(ग) को उपदफा (१) अनुसार जुनसुकै कुरा लेखिएको भयतापनी अव्यवस्थित बसोबास दफा ५२(ख) को उपदफा (४) मा उल्लेखित जग्गामा बसोबास गरिआयका रहेछन भने निजहरूलाई त्यस्तो जग्गा उपलब्ध गराईने छैन कानुनमा स्पष्ट भनेको छ। यसैको द्फा ५२(ख) को उपदफा (४) अनुसार अन्यत्र जुनसुकै कुरा लेखिएको भयता पनी यस दफा बमोजिम जग्गा उपलब्ध गराउदा देहायको जग्गा उपलब्ध गराईने छैन। यसैको बुदा(ग) मा लेखिएको छ सार्बजनिक जग्गा, नदी, खोला वा नहर किनाराको जग्गा, जोखिम स्थानमा बसोबास गरिएको जग्गा राष्ट्रिय  निकुञ्ज व संरक्षित क्षेत्रको जग्गा, हाल रुख बिरुवाले ढाकियको वनको जग्गा र सडकको सिमा भित्रको जग्गा, इत्यादि जग्गा उपलब्ध गराउन नपाईने स्पष्ट प्राबधान रहेको छ। यसैको बुदा (घ) मा भनियको छ नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहको प्रयोगको लागि आबश्यक रहेको जग्गा अव्यवस्थित बसोबासको लागि उपलब्ध नगराउने ब्यबस्था रहेको हुदा सन्धिखर्कमा बसोबास गर्ने अधिकाश आफ्नो निजि स्वार्थ र ब्याबसायिक प्रयोजनका लागि बसोबास गरेको हुदा यसलाई अव्यवस्थित भन्न नमिल्ने हुन्छ। लगभग सन्धिखर्कमा बसोबास गर्ने अधिकाश सग अन्य वा पुर्खौली सम्पती रहेको छ। उनिहरु यो क्षेत्रमा बसोबास बाध्यताले नभई स्वच्छतापूर्वक र ब्यापरिक दृष्टिकोणले रहेको हुदा यो बसोबास अव्यवस्थित नभई जानबुझकर नियतपुर्ण ढ्ङ्गले सार्बजनिक जग्गा हडपेको बुझिन्छ त्यसैले कानुनतः भुमि एन को प्राथमिक दृष्टिकोणबाट पनि गैरकानुनी र दण्डनीय कार्य हो।
सामाजिक दृष्टिकोणबाट सन्धिखर्क नगरपालिका विकासशील शहरी क्षेत्र हो। भबिश्यमा यहाका आधारभूत पुर्बधार को लागि यस शहरको मास्टर प्लान को लागि यस शहरलाई मापदण्ड अनुरुप गुणस्तर शहरि बिकासको लागि लगायत अन्य सडक बिस्तार को लागि पनि जग्गा चाहिने हुदा, यसरी लाल पुर्जा दिनु पूर्वाग्रही अपरिपक्व र दुरदर्शिता को कमि देखिन्छ। गैरकानुनी रुपमा घर निर्माण गरि धेरैले ब्यापरिक कार्य गरि आर्थिक लाभ पनि लियका छन। यसरी भुमिहिन अव्यवस्थित बसोबासको संज्ञा दियर यसरी सार्बजनिक सम्पत्ति कब्जा गर्नेहरुलाई प्रोत्साहन गरि अझ शहरलाई अव्यवस्थित हुने र असली गरिब असाह्य हरुलाई अन्याय हुने हुन्छ। सन्धिखर्क शहरको शाश्वत बिकास आजको आबस्यक्ता हो तर बिडम्बना अहिले २/४ वटा सवारी साधान ले नै ट्राफिक जाम हुन्छ। हामी सग व्यापक सामाजिक दृष्टिकोण पनि हुनु पर्छ।

सन्धिखर्क क्षेत्र सार्बजनिक क्षेत्र अनि खोला र नदिको किनारा पनिपर्ने हुदा कुनै तथ्य र आधारबाट पनि जग्गा  उपलब्ध गराउन नमिल्ने हुन्छ। यसरी सबै दृष्टिकोण बाट सन्धिखर्कमा रहेका बिना लालपुर्जा बसोबास गर्नेहरु लगभग सबै हुने खाने सम्पन्न लाई जग्गा उपलब्ध गराउनु सामाजिक नैतिक जघन्य अपराध हो।

तपाई जस्तो लामो समय सम्म शैक्षिक पेशामा रहेका लाई शिक्षित, शिष्ट र नैतिक शिक्षाको बारेमा सम्झाउन उचित ठान्दिन तर यस सम्बन्धमा हजुरलाई स्मरण र कर्तव्यबोध मात्र गराउन चाहे। आसा छ यसलाई सकारात्मक रुपबाट लिनुहुने छ। अन्य कानुनी उपचार त छदै छन।

पत्र अध्यक्ष लाई दिने तयारी भयको छ भने सुकुम्बासी को नाममा काठमाडौ मा भयको आतंक ले अर्घाखाँचीमा पनि बासिटा आउन सक्ने र ठूलो प्रभाव पार्न सक्ने हुदा यहाँ ठूलो दलाली हुन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्