अर्घाखाँची महोत्सव जिल्लाको हितमा नभएको भन्दै जिल्ला स्थिति ब्यापारीहरु विरुद्धमा उत्रिए

| २०७९ पौष २७ गते १५: १६ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लामामा माघ ११ देखि २४ सम्म लाग्ने पाचौं अर्घाखाँची महोत्सव जिल्लाको हितमा नभएको भन्दै जिल्ला स्थिति ब्यापारीहरु विरुद्धमा उत्रिएका छन । आज विरोधमा उत्रिएका व्यापारीहरुको आयोजनामा जिल्ला ब्यापार संघ को स्थापना भएको भएको छ ।

संघले स्थानीय उत्पादन लगायत स्थानीय ब्यापारीहरुलाई प्रोत्साहन र प्रबर्द्धन सगै जिल्लाको ब्यापारी तथा आर्थिक सन्तुलन ल्याउने मुख्य उद्देश्य रहेको बुझिएको छ ।

यहि आउदो माघेसन्क्रातिमा त्रिवेणि धाममा ३ दिने माघि मेला लगाउने र उक्त मेलाको अबसरमा बृहत ब्यापारिक, सास्कृतिक तथा धार्मिक प्रदर्शन गर्ने तयारी समेत रहेको जनाइएको छ ।

उक्त प्रदर्शनीमा स्थानीय उत्पादन लाई प्राथमिकता साथै स्थानीय ब्यापारी बाट सवल मुल्यमा खरिद सामाग्री उपलब्ध गराउने सगै धार्मिक आर्थिक तथा आन्तरिक पर्टयन लाई टेवा पुर्याउने लक्ष्य रहेको छ।

कार्यक्रममा जिल्ला भित्रकै कलाकार बाट नै दर्शकलाई मनोरञ्जन र प्रस्तुति दिने तयारी रहेको रहेछ ।“कार्यक्रममा बोल्दै व्यवसायी कृष्ण प्रसाद बन्जाडेले उद्योग वाणिज्य संघ र चम्बर अफ कमर्शले जिल्लाको हित बिपरित महोत्सव गर्न लागेको हुदा उक्त महोत्सव कुनैपनी हिसाबले आवश्यक र सान्दर्भिक नभएको ठकुवा गर्नु भएको छ। 

प्रतिक्रिया दिनुहोस्