पाँचौँ अर्घाखाँची महोत्सवको सम्पुर्ण तयारी पुरा: लेवलिङ्ग नलगाए वस्तु विक्रि गर्न नपाइने

| २०७९ माघ १० गते १७: ३१ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।पाचौं अर्घाखाँची महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । उपभोक्तालाई लेवल नलगाई उपभोग्य सामाग्री विक्रि गर्न नपाइने भएको छ। 

महोत्सवको बारेमा जानकारी दिन सन्धिखर्क मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै  उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले महोत्स सम्पुर्णको साझा भएकोले भव्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न सरोकार सम्पुर्णलाई आग्रह गरेका थिए । 

 मायाको चिनो हस्तान्तरण 

अर्घाखाँची महोत्सवको बुधबार विहान ११ बजे टुडिखेल बाट बजार परिक्रमा गर्दै १२:३० बजे पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले सचीव टोपबहादुर रायमाझी द्वारा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

यसैबिच महोत्सवको बारेमा जानकारी दिन मंगलबार अत्तरियामा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकायाले महोत्सलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न सम्पुर्णलाई आग्रह गरे ।

अर्घाखाँची चेम्बर अफ कमर्स र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा सन्धिखर्क नगरपालिकाको संरक्षकत्वमा हुने महोत्सवमा नेपाल पत्रकार महासंघ अर्घाखाँची , होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, लोक तथा दोहोरीगित प्रतिष्ठान, अर्घाखाँची युवा परिषद् लगायतका स्थानीय संस्था सह आयोजक रहेका छन् ।

महोत्सवको मुख्य आकर्षणका रुपमा राष्ट्रिय एवम चर्चित कलाकारहरुको प्रस्तुती, खानाका विभीन्न परिकारहरु, विभीन्न प्रकारका झाँकीका साथै नृत्यहरु रहेको बताए । ३० वटा स्टल फ्री प्रयोजनको लागि छुटाइएको बताए । लेवलिङ्ग नभएको वस्तु बिक्री गर्न नपाइने बताएका हुन । उनले महोत्सवमा ४ सय ओटा स्टल रहेको बताए ।

महोत्सवलाई करिब ७० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । माघ ११ गते देखि २४ गतेसम्म सदरमुकाम सन्धिखर्कको कुडुले फाँटमा संचालन हुने महोत्सवमा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ४० र अन्यलाई ६० रुपैयाँ टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले बताए ।

अर्घाखाँची उद्योग वाणिज्य संघ

अर्घाखाँची उद्योग वाणिज्य संघ, अर्घाखाँची चेम्बर अफ कमर्स र नेपाल पत्रकार महासंघ अर्घाखाँचीको संयुक्त आयोजनामा प्रजिअ शशिधर घिमिरे लाई बिदाइ तथा फेरि भेट हौंला कार्यक्रम समेत राखेको थियो । कार्यक्रम प्रजिअ घिमिरे लाई मायाको चिनो समेत  हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्