पाँचौं अर्घाखाँची महोत्सवको सांसद रायमाझीले गरे उद्घाटन

| २०७९ माघ ११ गते १५: २८ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। पाँचौ अर्घाखाँची महोत्सवको पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले उद्घाटन गरेका छन् ।

‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ सुरु भएको १५ दिने मेलाको रायमाझीले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन सत्रमा प्रभातफेरी संगै विभिन्न झाँकी, सांस्कृतिक नाच, खेल प्रदर्शनी गरिएको थियो ।

विभिन्न जातजातीका भेषभुषा र बाजागाजा सहित मेलाको उदघाटन गरिएको आयोजकले जनाएको छ

तस्विर - पुजा केसी 

प्रतिक्रिया दिनुहोस्