नेता टोपबहादुर रायमाझी घोषणा : पर्यटन विकास र प्रबर्द्धनका लागि सुपादेउरालीमा चार लाइनको सडक

| २०७९ माघ ११ गते २२: ०८ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची ।
माघ ११ - पाँचौ अर्घाखाँची महोत्सवको पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले सचीव टोपबहादुर रायमाझीले उद्घाटन गरेका छन् ।

‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मुल नाराका साथ मेला सुरु भएको उद्घाटन समारोहमा बोल्दै नेता रायमाझीले पर्यटन विकास र प्रबर्द्धनका लागि सुपादेउरालीमा चार लाइनको सडक बनाउने घोषणा गरेका छन् । पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको सुपादेउरालीमा ठूलो गाडी पार्किङ बनाउने समेत बताए । 

नेता रायमाझीले दुई वर्ष भित्र मदनभण्डारी लोकमार्ग र धोरपाटन मोटरबाटो डबलकटिङ्ग कालोपत्रे हुने बताए । उनले २३ किलोमीटर बाहेक मदनभण्डारी लोकमार्गको लागि ४ अर्ब धोरपाटनको लागि ५ अर्ब गरि  ९ अर्बको मोटरबाटो ठेक्का लागि सकेको बताएका छन्।  

युवाहरूको लागि रोजगार राष्ट्रीय समस्या रहेको बताउदै समाधान तिर आफू लागि परेको बताए । माघ ११ गते देखी २४ गते सम्म लाग्ने अर्घाखाँची महोत्सव विभिन्न नित्य सांस्कृतिक भैलो प्रदर्शन जातजातीका भेषभुषा र बाजागाजा सहित मेलाको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्