पाँचौ अर्घाखाँची महाेत्सवको दोश्रो दिन गायक पुष्कल शर्माको प्रस्तुतिमा कूँडुंले फाँटंमा दर्शकले धुलो उडाए (तस्विर - भिडियो सहित)

| २०७९ माघ १२ गते १८: ४२ मा प्रकाशित

                                                                       "तस्विर भिडियो - रमेश थापा" 

कमला घिमिरे ,सन्धिखर्क। पाँचौ अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा उधाेगिक मेला प्रदर्शनी २०७९ को दोश्रो दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक पुष्कल शर्माको प्रस्तुतिमा दर्शकहरुले नाँचेर धुलो उडाएका छन्। 

 प्रदर्शनीको दोश्रो दिन  कूँडुंले फाँटंमा दर्शकहरुको पातलो उपस्थिति रहेता पनि चर्चित राष्ट्रिय कलाकार हरुको प्रस्तुतिमा दर्शक हरुले भरपुर मनोरन्जन लिएका थिए। 

कूँडुंले फाँटंमा दर्शकहरु

महोत्सवको दोश्रो दिन चर्चित लोकदोहोरि गायक पुष्कल शर्मा ,गायिका बिष्णु श्रीपाली र अर्घाखाँचीका लोकदोहोरि गायक भुवन अधिकारिकको बेजोड प्रस्तुति रहेको थियो। 

गायक पुष्कल शर्मा
गायिका बिष्णु श्रीपाली

माघ ११ गते देखि २४ गतेसम्म मेला सुचारु हुने आयोजकले जनाएको छ।  ‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते उद्घाटन भएको हो। 

पाँचौ अर्घाखाँची महाेत्सव को दोश्रो दिन

महोत्सवको तेस्रो दिन अर्थात भोलि चर्चित लोकदोहोरि गायक कुलेंद्र बिश्वकर्मा ,अर्घाखाँची कि चर्चित गायिका सम्झना रणपाल ,दिपु मगर र दिपक दर्लामी को बेजोड प्रस्तुति रहने छ। 

गायक /गायिका 

प्रतिक्रिया दिनुहोस्