कूँडुंले फाँटंमा सबैको नजर किशोर किशोरी तिर : बुलेटिनको नजर बृद्वा आमा तिर

| २०७९ माघ १३ गते २०: २१ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा उधाेगिक मेला प्रदर्शनी २०७९ को तेश्रो दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा सबै - दर्शकहरु आ -आफ्नो धुनमा मेलाको मनोरन्जन लिईरहेका थिए। 

तर अर्घाखाँची बुलेटिनका प्रतिनिधिहरु भने महोत्सवमा मनोरंजन लिन आउँने वृद्व ,बृद्वाहरुलाई सहज वातवरण बनाइदिने ,महोत्सवको स्टेज परिसरमा लगाईएको बार बाहिर कतै ,लौरोको साहाराले हिड्ने बृद्व ,बृद्वा हरु कष्ट गरेर उभिनु भएको छ कि छैन भन्ने तिर धेरै ध्यानाकर्षण थियो। 

हातमा लौरो टेकेर महोत्सवको स्टेज परिसरमा लगाईएको बारको सहारा लिएर कष्ट झेल्दै मेलाको मनोरंजन लिएकी एक बृद्वा आमा

त्यसै सन्दर्भमा महोत्सवको तेस्रो दिन अर्घाखाँची बुलेटिनका प्रतिनिधिहरुको क्यामाराको फ्रेममा एक्कासि दाँत झरेकी ,हातमा लौरो टेकेर महोत्सवको स्टेज परिसरमा लगाईएको बारको सहारा लिएर कष्ट झेल्दै मेलाको मनोरंजन लिएकी एक बृद्वा आमा माथी पुग्यो। जब अर्घाखाँचीबुलेटिन का प्रतिनिधिहरु ले ति बृद्वा आमा संग तुरुन्तै भेट गरि उहाँलाई हातमा दोर्याउदै लिएर भित्र राखीएको कुर्चीमा बस्ने माहोल कमला घिमिरेले मिलाईदिएकी थीइन।मेलामा कुर्चीमा बस्न पाँउदा उहाँ बृद्वा आमा अत्यन्तै खुसि मुद्रामा देखिनुहुन्थ्यो। 

मेलामा कुर्चीमा बस्न पाँउदा उहाँ बृद्वा आमा अत्यन्तै खुसि मुद्रामा

अर्घाखाँची महोत्सवमा आयोज समुहले तन्नेरी युवा युवतीलाई कुर्चीमा बस्ने व्यवस्था मिलाएर यस्तै बृद्व बृद्वा आमाहरुलाई बारको बाहिर उभ्याउँनु अत्यन्तै दु:खद कुरा हो। महोत्सवमा ज्येष्ठ नागरिक हरुलाई अपमान गर्नु हुँदैन सर - सम्मान का साथ बस्ने माहोल मिलाईदिनु पर्ने हुन्छ तसर्थ अबका दिनहरु मा महोत्सवको आयोजक टिमले यस्तै -स साना बिषयमा गम्भीर ध्यान दिनुपर्ने देखिन्छ। 

प्रतिक्रिया दिनुहोस्