पहिलो पटक अर्घाखाँची महाेत्सवमा वृद्ध बृद्वालाई सम्मान

| २०७९ माघ १४ गते २२: ५२ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँचीकाे सन्धिखर्कमा जारी पाँचाै अर्घाखाँची महाेत्सवको चौथो दिन मेला हेर्न आउने वृद्धहरुकाे सम्मान गरिएकाे छ । 

"कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार" भन्ने मूल नारा सहित सुरु भएको मेला हेर्न आएका वृद्धहरु लाई खादा ओढाएर सम्मान गरिएकाे थियाे ।

अर्घाखाँची उद्याेग वाणिज्य संघ र चेम्बर अफ कमर्सकाे संयुक्त आयाेजनामा सञ्चालित मेला सनिवार निकै भिड्भाड थियो ।   चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशाेक श्रेष्ठ एवम् उद्याेग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठ महासचिव तुल्सीराम खनाल लगायतले वृद्धहरु लाई सम्मान गरेका हुन । 

मालारानी कि ८३ वर्षीय चोपकला खनालले वृद्धवृद्धा लाई माया सम्मान देखाएकोमा खुसी व्यक्त गरिन । खनाल भन्छिन्  "यसरी पहिलो पटक सम्मान गर्दा खुसी छु तर आयोजक दुई तीन वटा छनरे को हुन मलाई थाहा छैन । मेला हेर्न म सदरमुकाम तेस्रोपटक आएकी हु "

सनिवार कलाकारहरु रामजी खाड, सीता राना हास्य कलाकार माहिला बा लगायतले दर्शकहरुलाई मनाेरञ्जन दिएका थिए ।

आइतबार गायक खेम सेन्चुरी ,गायिका लक्ष्मी बस्नेत ,हाँस्य कलाकार उज्वल गिरि दिपु मगर तथा अन्य स्थानीय कलाकारको उपस्थिति रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्